गैर-आवासीय नेपाली संघ कसैको प्राईभेट कम्पनि हुन सक्दैन: शेष घले


गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घलेले एनआरएन एउटा संस्था कसैको प्राईभेट कम्पनि हुन नसक्ने बताएका छन्। अध्यक्ष घलेले राष्ट्रिय समन्वय परिषदको प्रगति विवरण एवं कृयाकलापहरु प्रस्तुत गर्ने कार्यक्रमको समापन गर्ने क्रममा यस्तो बताएका हुन्।

अमेरीकाको न्युजर्सीमा संघको नवौं क्षेत्रीय सम्मेलनमा अध्यक्ष घलेले भने,” संघको नेतृत्वमा जो आउँछ संस्थाको हितका लागि काम गर्छ र फेरि समय पुगेपछि जान्छ, तर यो संस्था कसैको प्राईभेट कम्पनी भने हुन सक्दैन”

‘भिजन २०२० एण्ड वियोन्ड नारा कसैको ब्यक्त्तिगत लाभका लागि नभई संस्थामा एउटा सिस्टम बसाल्नका लागि र भाबि पुस्तालाई  सहज होस् भन्दै तय गरिएको पनि अध्यक्ष घलेले प्रष्ट पारे। उनले अहिलेको  एजेण्डाले संघको स्थापनाकाल देखिको लक्ष्य र छविलाई संकुचित नपार्ने समेत बताएका छन्।

राष्ट्रिय समन्वय परिषदको प्रगति विवरण एवं कृयाकलापहरु प्रस्तुत गर्ने सेसनलाई महासचिव डा. बद्रि केसिले संचालन गरेका थिए भने घलेको अध्यक्षता सम्पन्न भएको थियो।