संबिधान कार्यान्वयन नभए एनआरएनका उपलब्धि गुम्छन् :- पुर्ब सभामुख नेम्बाङ्


– वसन्त रानाभाट

पुर्ब सभामुख सुबास चन्द नेम्बाङ्ले जनताले आफ्नै हातले कोरेको संबिधान कार्यान्वयन हुन नसके गैर आबासीय नेपालीहरुका महत्वपूर्ण उपलब्धि गुम्ने भन्दै निरन्तर खबरदारी गर्नु पर्ने बताएका छन्। नयाँ संबिधानमा गैर आबासीय नेपालीहरुलाई नागरिकता दिने जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै नेम्बाङ्ले यसलाई कार्यान्वयन गर्न दलहरुलाई निरन्तर खबरदारी गर्नु पर्ने बताएका हुन्।

पूर्वसभामुख नेम्वाङले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै भने “राजनीतिक बाहेक सम्पूर्ण अधिकार पाउने गरी गैर आबासीयहरुलाई नागरिकता प्रदान गर्ने संबिधानमा उल्लेख गरिएको छ। दुई बटा नागरिकता कसरी दिने भनेर बिज्ञहरुले समेत प्रश्न उठाएका बेला हामीले गम्भीर छलफल गर्यौ अन्तत: संबिधानमा उल्लेख गरी छाड्यौ, यो सबै तपाईहरुकै संघर्षको परिणाम हो।

तर संबिधान कार्यान्वयन नभए एनआरएनका महत्व पूर्ण उपलब्धि समेत गुम्ने हुँदा दलहरुलाई निरन्तर खबरदारी गरीरहनु पर्छ।”संबिधान निर्माणका क्रममा गैर आबासीय नेपालीहरुले निरन्तर छलफल र दबाव दिएको स्मरण गर्दै नेम्बाङ्ले अब कार्यान्वयनका लागि पनि यस्तै अभ्यास गर्नु पर्ने बताए। मुलुकमा संबिधानको कार्यान्वयन प्रमुख प्राथमिकता रहेको भन्दै उनले दलहरुलाई एकता बद्द भई अघि बढ्न प्रेरित गर्नु पर्नेमा जोड दिए।

बिगतमा एनआरएनलाई परिचय पत्र दिन समेत तयार नभएको प्रसङ् कोट्याउँदै नेम्बाङ्ले भने,” अब परिचय पत्र हैन, गैर आबासीय नेपालीहरुलाई नागरिकता दिन देश तयार भएको छ,यो तपाईहरुको महत्वपूर्ण उपलब्धि हो।” एनआरएन धनीहरुको संस्था,मोजमस्तीमा लाग्छन्,देशको वास्ता छैन भन्नेहरुलाई समेत एनआरएनले भूकम्प र नाकाबन्दीमा आँखा खोलिएको भन्दै नेम्वाङ्ले गैर आबासीयहरुको खुलेर प्रशंसा गरे।

सम्बृद नेपाल बनाउँने सधै कुरा मात्र उठ्ने गरेको बारे व्यङ्ग गर्दै उनले भने,” नेपालमा छदा सिंङ्को नभाच्ने छोराहरु कोरिया र अमेरिकामा पुगे पछि भने भाँडा माझेर कमाई छाड्छन्। मैले अझै सम्म बुझ्न सकेको छैन,नेपालमा काम गर्न के ले रोक्छ कुन्नि ?” सम्बृद नेपाल बोलेर धेरै पटक बनाएको भन्दै अब साञ्चिकै बनाउँनका लागि भने देशमा नै मेहनत र परिश्रम गर्नु पर्नेमा नेम्बाङ्ले जोड दिए।

अमेरिकाको न्यूजर्सीमा आजबाट सुरु भएको सम्मेलनमा एनअारएनए अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो,अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, संस्थापक नेता रामप्रताप थापा, संरक्षक दिल गुरुङ, इन्द्र वान, देवकाजी डंगोल, ब्यवसायी चन्द्र ढकाल, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराई, ब्यवसायी बिनोद चौधरी, सांसदहरु मोहन बराल, महेन्द्र यादव, अमेरीकी संसाद डोनाल्ड पएने, लगायत एनआरएन पदाधिकारीहरुको उपस्थित रहेको छ ।

एनआरएनए भिजन २०२० एण्ड वियोन्ड’ नारा रहेको यसपटकको क्षेत्रीय सम्मेलनमा एनआरएनएको विगतको १३ बर्षको समीक्षा हुने र संगठनको दिर्घकालीन नयाँ योजना प्रस्तुत हुने बताईएको छ। सम्मेलनमा भाग लिन संसारभरबाट गैर आबासीयहरु न्यूजर्सी पुगेका छन्।