डिजेल, पेट्रोल, मट्टितेल र ग्यासको मूल्य घट्यो


काठमाडौँ: नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबारको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटाएको छ । निगमले घटाएको मूल्य राती १२ बजेबाटै लागू हुने छ । बैठकपछि निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘समायोजन भएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुनेछ ।’

नयाँ मूल्य अनुसार मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ७३ पर्नेछ भने पेट्रोल मूल्य ९७ भएको छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर एक हजार तीन सय ७५ पर्ने छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले मूल्य समायोजना गरेको हो ।