बर्जर पेन्ट्सको एक्सक्लुसिभ स्टोर राष्ट्रबैंक चोकमा


पोखरा । बर्जर पेन्ट्सले पोखराको राष्ट्रबैंक चोकमा एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । राष्ट्रबैंक चोकस्थित जटाधारी ट्रेडर्समा बिस्तारित सेवा अन्तर्गत एक्सक्लुसिभ स्टोर सञ्चालन गरिएको हो ।

स्टोरको मिस नेपाल २०१६ अश्मी श्रेष्ठ र बर्जर मिस ट्यालेन्ट सिर्जना रेग्मीले संयुक्त रुपमा शुक्रवार उदघाटन गरे । पाँच बर्षदेखि बर्जर पेन्ट्सकै डिलरको रुपमा काम गर्दै आएको जटाधारी ट्रेडर्समा सेवा थप गरिएको हो ।

ग्राहकले इन्टेरियर डेकोरेटरद्धारा रंग सम्बन्धि परामर्श, घरको डिजिटल प्रिभ्यू, टच एण्ड फिल, विभिन्न रंगहरु रोज्ने सुविधा लगायतका निशुल्क सुविधा प्राप्त गर्ने सञ्चालक तोरण कुँवरले जानकारी दिए । साथै तालिम प्राप्त पेन्टरद्धारा घर रंगाउने सुविधा समेत प्राप्त छ ।

पोखरामा चार वटा आधिकारिक डिलर मार्फत सेवा प्रदान गर्दै आएको बर्जर पेन्ट्सले पहिलो पटक निशुल्क सेवा सहितको एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो । पोखरामा प्रयोग हुने रंग मध्य बर्जर पेन्ट्सको बजार हिस्सा ५० प्रतिशत रहेको कम्पनीका कन्ट्री म्यानेजर साईबल घोसले बताए । ग्राहकको सुविधाको लागि देशभर अहिलेसम्म २५ वटा एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याईसकेको उनले बताए ।