अविरल वर्षाले क्षति पुराएका स्थानहरूकाे अवलाेकन


नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीका क्षेत्रिय सभापति विजयराज अाचार्यकाे नेतृत्वकाे एक टाेलिले अविरल वर्षाले क्षति पुराएका स्थानहरूकाे अवलाेकन गरेकाे छ ।
received_10210029682519662

अविरल वर्षाले पुर्‍यायकाे क्षतिप्रति दु:ख व्यक्त गर्दै विपतमा परेका जनताका साथमा रहने प्रतिबद्धता जनाउदै पिडित परिवारलाई तत्काल राहातकाे व्यवस्थाकाे माग गरेकाेे छ ।

साथै उक्त टोलीले क्षेत्र नं. ३ भित्र पर्ने लेखनाथ वार्ड नंं. १३ र १६ जाेड्ने माेटरपुल, पाेखरा १७ र २३ जाेड्ने दाेविल्ला पुल सगै निर्मल पाेखरि जाने सडक, पाेखरा १७ हुँदै कृस्ति जाने सडक समेत वर्षाले क्षतिपुग्न गएकाेे साथै स्थानिय केहि घरहरू समेत जाेखिममा परेकाे प्रति सराेकारवालाकाे गम्भीर ध्यानाकर्षण गर्दै तत्काल राहत, मर्मत तथा अविलम्ब निर्माण कार्यकाे लागि अाग्रह गरेकाे छ ।

उक्त टाेलिमा महाधिवेशन प्रतिनिधि देवराज चालिसे, नेता मुक्ति केसि, कास्की जिल्ला सचिव रामराज लामिछाने, उपसभापति ध्रुव रायमाझि, ईकाइ सभापतिहरू केवल गिरि, देवराज अाचार्य, बलराम गिरि, पुर्व क्षेत्रिय सचिव श्याम शर्मा लगायतका व्यक्तिहरू सहभागी रहेका थिए ।