यूरोपेली बैठक अगावै, डेनमार्कमा युवाहरुको सक्रियता


गैर आबासीय नेपाली संघको नवौ यूरोपेली क्षेत्रीय बैठक आउँन केहि दिन बाँकी रहेको बेला डेनमार्कमा युथ फोरम गठन गर्दै युवाहरुले सक्रियता बढाएका छन्। डेनमार्कको कोपेनहेगनमा जुलाई ३० र ३१ तारिख हुन लागेको यूरोपेली क्षेत्रीय बैठकको पुर्बसन्ध्यामा युथ फोरम गठन भएको हो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा फोरमका उप संयोजकको लोकराज शर्माको बिशेष उपस्थितिमा फोरमको गठन भएको छ। एनआरएन डेनमार्कको युवा संयोजक प्रशान्तराज बानियाँ रहेको फोरमका सदस्यहरुमा अशोक शर्मा, डा. कन्चन देवकोटा, हरिनाथ योगी, शैलेन्द्र अधिकारी, शुशिल घिमिरे, रवि लामिछाने , श्रेया महर्जन, सुनिता तिवारी, बैकुण्ठ खनाल, रवि लामिछाने, अनुजा गौतम र सिमा पौडेल रहेका छन ।

कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य सोमनाथ सापकोटा,राष्ट्रिय समन्वय परिषद डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, निवर्तमान अध्यक्ष दिपक सापकोटा लगायतको उपस्थिति रहेको थियो ।