तमु समाज स्पेनले टोहोटे पर्व मनाउँदै


बार्सिलोना / तमु समाज स्पेनले तमुहरुको महान पर्व टोहोटे हर्ष उल्लासका साथ मनाउँने भएको छ। आगामी अगष्ट ७ तारिख बार्सिलोनामा समाजले टोहोटे मनाउँन लागेको हो। यही जुलाई १० तारिख बसेको नियमित बैठकले टोहोटे मनाउँने निर्णय गरेको समाजले जनाएको छ।

समाज कि अध्यक्ष ज्योती गुरुङले कार्यक्रममा उपस्थित हुन स्पेनबासी सम्पूर्ण तमुहरु अनुरोध गरेकी छन्। सधै जसो टोहोटे  मनाउँने गरेको मन्जुईक पार्कमा यस पटक पनि कार्यक्रम राखिएको हुँदा उपस्थित हुन अध्यक्ष गुरुङले सम्पूर्ण तमुहरुलाई आह्ववान गरेकी हुन्।

कार्यक्रम बारे पूर्ण बिबरण

  • मिति:-अगस्ट ७ तारिख
  • समय:– २ बजे ( स्वयंसेबक १२ बजे नै पुग्नु पर्ने)
  • स्थान:– मन्जुई पार्क ( पहिले कै स्थान)