बीबीसी नेपालीका पूर्व प्रमुख खगेन्द्र नेपालीसँगको बिशेष अन्तर्वार्ता (भिडियो)


बार्सिलोना/  बीबीसी नेपाली सेबाका पूर्व प्रमुख खगेन्द्र नेपालीले बिशेष अन्तर्वार्ता दिएका छन्। युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले दोस्रो बार्षिकोत्सव समारोहमा बार्सिलोना रहेको बेला बरिष्ट संचारकर्मी नेपालीले आफ्ना जीवन भोगाईका अनुभवहरु सुनाएका हुन्।

बीबीसी नेपाली सेवामा प्रबेश गर्दाको क्षण लगायत हाल एक दशक यता संचालन भईरहेका ई मिडियाको प्रभावको बारेमा पनि बरिष्ट संचारकर्मी नेपालीले खुलेर बोलेका छन्। पहिलो पटक आफ्नो आबाज रेडियोमा सुन्दाको क्षण देखि नेपाली साहित्यमा अडियो बुकको जन्मसम्म आईपुग्दाका तितामिठा क्षणहरुलाई पनि उनले साटेका छन्। पत्रकार बसन्त रानाभाटले बीबीसी नेपाली सेबाका पूर्व प्रमुख खगेन्द्र नेपालीले लिएको बिशेष अन्तर्वार्ता भिडियो हेर्नुहोस्। (अन्तर्वार्ता लिएको मिति जुलाई १२ )

सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका,बरिष्ट संचारकर्मीलाई नेपालीनेपाली डटकमले बिशेष सम्मान गरेको छ। लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपाली पछिल्लो समय नेपाली साहित्यको अडियो बूक उत्पादनमा सक्रिय रहेका छन्। उनले पहिलो पटक नेपालको इतिहासमा नै अडियो बुकको जन्म दिएका थिए।

सम्मान पछि बोल्दै बरिष्ट सञ्चारकर्मी नेपालीले मिडियाका गतिबिधिहरु देखेर आँफू खुशी भएको बताए।प्रबासमा खोलिएका ई मिडियाहरुले यसरी नै यहाँको नेपाली समाजका गतिबिधिलाई समेट्दै लैजानु पर्नेमा जोड दिए। बिगत एक दशकमा ई मिडियाहरुले मारेको फड्को प्रंशसा योग्य रहेको बताउँदै यसलाई निरन्तरता दिनु पर्ने बताए।

बरिष्ट संचारकर्मी  सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त नेपालीको पहिलो अडियो बुक थियो। बीबीसीमा सुनिरहेको आबाजलाई त्यहाँबाट अवकास लिए पनि स्रोताहरुले अडियो बुक मार्फत पुन: सुन्न पाउँदा झनै रुचाए।

त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध “जीवन कांडा कि फूल” लाई  अडियो बुकको रुपमा ल्याएका छन्।