युरोपमा आताङ्कारी त्रास ,जर्मनीको म्यूनिख़ शहरमा गोली चल्यो,


जर्मनीको म्युनिख शहरमा गरिएको हमलामा कम्तीमा ९ जनाको ज्यान गएको र अरु कैयौ घाइते भएको प्रहरीले जनाएका छन्। स्थानीय समय अनुसार शुक्रबार बेलुका ६ बजेतिर ओलम्पिया शपिङ सेन्टर नजीकै हमलाकारीहरुले गोली चलाएको बताइएको छ।

प्रहरीले मानिसहरुलाई घरभित्रै बस्न र बाहिर नजान भनेका छन्। ओलम्पिया क्षेत्रमा ठूलो स्तरको सुरक्षा कारवाही जारी छ।म्युनिख शहरको आकाशमा प्रहरीका हेलिकोप्टरहरु उडीरहेका छन् र विशेष तालीमप्राप्त दस्तालाई तैनाथ गरिएको छ।  प्रहरीले ‘अत्यन्तै गंभीर आतंककारी परिस्थिति’ भनेको सो घटनाका प्रत्यक्षदर्शीहरुले बन्दूक बोकेका तीनजना हमलाकारीहरुलाई देखेको बताएका थिए। प्रहरीले हमलाकारीहरुको खोजी भैरहेको जनाएका छन्।160722184845_munich_olympia_shopping_centre_reuters_624x351_reutersती हमलाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। सार्वजनिक यातायात बन्द गरिएको छ र शहरको केन्द्रिय रेलवे स्टेशनलाई खाली गराइएको छ।शुक्रबार राती बीबीसीसंग कुरा गर्दै म्युनिख निवासी एकजना नेपाली खड्ग न्यौपानेले शहरमा त्रासको स्थिति रहेको बताए।

उनले सो हमलामा नेपालीहरु परेको कुनै खबर प्राप्त नभएको पनि बताए। शहरको आकाशमा प्रहरीका हेलिकोप्टरहरु उडीरहेका छन् र विशेष तालीमप्राप्त दस्तालाई तैनाथ गरिएको छ। जर्मनीको तेश्रो ठूलो शहर म्युनिख बभेरिया राज्यको राजधानी पनि हो।160722192319_shooting_in_munich_germany_624x351_apहमला लगत्तै जनजीवन अस्तव्यस्त भएको थियो। डराएका मानिसहरु सुरक्षित ठाउँको खोजी गर्दै यताउता भागेका थिए। ओलम्पिया शपिङ सेन्टरका पसलहरुमा कार्यरत कतिपय मानिसहरु सेन्टरभित्रै रहेको र बाहिर जान नसकेको बताइएको छ।

गत सोमबार बभेरियामै एकजना किशोर आप्रवासीले एउटा रेलमा बन्चरो प्रहार गरी पाँचजना यात्रुहरुलाई घाइते तुल्याएपछि शहरमा अरु हिंसात्मक घटनाहरु हुनसक्ने आशंका गरिएको थियो। बभेरिया राज्यका प्रधानमन्त्री होर्स्ट सिहोफरले एउटा संकटकालिन बैठक गरिरहेका छन्। म्युनिख प्रहरीले मानिसहरुलाई सार्वजनिक ठाउँहरुमा नजान भनेका छन्। बीबीसी

160722165640_munich_shopping_centre_attacked_1_640x360_timmkraeft_nocredit160722174355_munich_shooting_ap_624x351_ap