टेबुलटेनिस केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जोशी र रानाभाट चयन


पोखरा । कास्की जिल्ला टेबलटेनिस संघको आकस्मिक बैठकले केन्द्रिय अधिबेशनको लागि शुक्रबार प्रतिनिधि चयन गरेको छ ।

बैठकले आगामी साउन ५ गते काठमाडौंमा हुने संघको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा अध्यक्ष उत्तम जोशी र कार्य समिति सदस्य कृष्ण रानाभाटलाई पठाउने निर्णय गरेको छ ।

बैठकमा कार्य समिति सदस्यहरु रुप गुरुङ, गोपाल थापा, ज्योति गुरुङ, रबि पन्त, कृष्ण रानाभाट लगाएतले कास्की जिल्लामा टेबलटेनिस खेलको चौतर्फी बिकासको लागि निजी तथा सामुदायिक बिद्यालयहरुको सहकार्यमा विभिन्न प्रतियोगिताहरु नियमित रुपमा गर्नुपर्ने धारण राखेका थिए ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको बैठकको संचालन सचिव फडिन्द्र तिमिल्सिनाले गरेका थिए ।