फ्रान्समा लरी आक्रमणमा परी ८४ जनाको मृत्यु,धेरैजसो बालबालिका परे


फ्रान्सको दक्षिणी सहर निसमा एउटा आतंकवादी हमलामा ८४ जनाको ज्यान गएको छ। ‘बासटिल डे’ अर्थात् त्यहाँको राष्ट्रिय दिवसको अन्त्यमा आतिसबाजी हेरिरहेका मानिसको भीडमा एउटा लरी छिराइएको थियो।खबरहरुका अनुसार एकजना प्रहरीले उक्त लरीका चालकको हत्या गर्नुअघि ती चालकले पनि गोली चलाएका थिए।घटनाका पीडितहरुमा धेरैजसो बालबालिका छन्।लरीभित्र बन्दुक र ग्रीनेड फेला परेको थियो।

राष्ट्रको नाममा सम्बोधनको फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्दले भनेका छन्, फ्रान्स आँसुमा छ तर बलियो छ।आन्तरिक मामिला मन्त्री बेर्ना क्याजनोभले देश आतंककारीहरुसँग युद्धमा रहेको बताएका छन्। राष्ट्रपति छिट्टै निसको भ्रमणमा जाँदैछन्।

_90394404_mediaitem90394402सामाजिक सञ्जाल ट्वीटरमा राखिएको एउटा तस्वीरमा दर्जनौं मानिसहरु सडकमा लडिरहेका देखिन्छन्।अधिकारीहरुले त्यसलाई आक्रमण भन्दै स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न भनेका छन्।निसका मेयरले भनेका छन्, लरीका चालकले दर्जनौ मानिसहरुको हत्या गरेको देखिन्छ।

समाचार संस्था एएफपीका अनुसार अभियोजनकर्ताले भनेका छन्, उक्त लरी मानिसहरुको ठूलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो।राष्ट्रपति ओलान्द निजी भ्रमणका लागि याभिनियो सहरमा थिए।

_90394721_mediaitem90394720सामाजिक सञ्जालमा राखिएका भिडियोमा घटनापछि मानिसहरु आत्तिएर सडकमा दौडिरहेको देखिन्छ।निसस्थित घटनास्थलमा रहेका एकजना पत्रकारले रिपोर्टमा भनेका छन्, घटना भएको ठाउँमा धेरै रगतहरु देखिएको छ र धेरै मानिसहरु घाइते भएकोमा कुनै दुविधा छैन।

बिएफएम टिभीलाई एकजना प्रत्यक्षदर्शीले भने, “सबै मानिसहरु त्यहाँ आक्रमण भएको भन्दै भाग्न भनिरहेका थिए। हामीले बन्दुक चलेको सुन्यौं। हामीले ठान्यौँ त्यो आतिसबासी होला।” – बीबीसी _90394439_mediaitem90394438