बालवालिकालाई जीवनोपयोगी तालीम


पोखरा । वडा स्तरीय बाल मंच पोखरा ९ को आयोजनामा बालबालिकालाई बाल अधिकार र जिवनोपयोगी बिषयमा तालिम प्रदान गरेको छ ।

पोखरा उपमहानगर पालिकाको सहयोग र बालमैत्री स्थानीय शासन वडा समन्वय समिति पोखरा ९ को संयोजनमा भएको बाल अधिकार, बाल कर्तव्य, असल अभिभावकत्व तथा जीवन उपयोगी सीप सम्बन्धि ३ दिने तालिम मंगलबारदेखि सुरु भएको छ ।

तालीममा १५ वटा बाल क्लबका एक सय जना बालबालिकाको सहभागीता रहेकोे थियोे भने सामाजिक परिचालक भावना श्रेष्ठले उनिहरुलाई तालिम प्रदान गरेकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथि वडा सचिव लोकदर्शन कोइरालाले बालबालिकाले समाज सुधार र परिवारमा शान्ति ल्याउन महत्त्वपूर्ण कार्य गर्न सक्ने बताउदै बाल क्लबमा आवद्ध भएर विभिन्न कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव कृष्ण रानाभाट, अस्थायी प्रहरी बिटका इन्चार्ज हवल्दार गौतम श्रेष्ठ, वडा नागरिक मंच पोखरा ९ का अध्यक्ष लेखुराम खती, सामाजिक परिचालक संयोजक निर्मला अर्याल लगाएतले बोलेका थिए ।

वडा स्तरीय बाल क्लबकि कोषाध्यक्ष जस्टिना पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुदर्शन पौडेलले गरेका थिए ।

सो अबसरमा स्वागत तथा कार्यक्रम माथी प्रकाश सामाजिक परिचालक भावना श्रेष्ठले गरेकी थिईन ।