बीबीसी नेपाली सेबाका पूर्व प्रमुख खगेन्द्र नेपाली बार्सिलोनामा


बार्सिलोना/   बीबीसी नेपाली सेबाका पूर्व प्रमुख खगेन्द्र नेपाली बार्सिलोना आईपुगेका छन्। युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले दोस्रो बार्षिकोत्सव समारोहको अबसरमा सहभागी बन्न बरिष्ट संचारकर्मी नेपाली शनिबार बार्सिलोना आईपुगेका हुन्।

सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका,बरिष्ट संचारकर्मी नेपालीलाई मिडियाले बिशेष सम्मान गर्न लागेको हो। लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपाली पछिल्लो समय नेपाली साहित्यको अडियो बूक उत्पादनमा सक्रिय रहेका छन्। उनले पहिलो पटक नेपालको इतिहासमा नै अडियो बुकको जन्म दिएका थिए।

बरिष्ट संचारकर्मी नेपालीलाई स्वागतका लागि नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाट, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे, कास्की सेबा समाज स्पेनका अध्यक्ष दिल नाथ भण्डारी,नेपालीनेपाली डटकमका ईभेन्ट कोर्डीनेटर लक्ष्मण शर्मा,नेपाली वेभका युरोप कोर्डिनेटर भोला लामिछाने, स्पेन स्थित ब्यबसायी जीवन भुसाल बिमानस्थल पुगेका थिए।

IMG_8326बरिष्ट संचारकर्मी  सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त नेपालीको पहिलो अडियो बुक थियो। बीबीसीमा सुनिरहेको आबाजलाई त्यहाँबाट अवकास लिए पनि स्रोताहरुले अडियो बुक मार्फत पुन: सुन्न पाउँदा झनै रुचाए।

त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध “जीवन कांडा कि फूल” लाई  अडियो बुकको रुपमा ल्याएका छन्।