युरोपमा पत्रकार पाण्डेयलाई ज्यान मार्ने धम्की,जीवन रक्षाको माग


बार्सिलोना/  युरोपबाट कलम चलाईरहेका पत्रकार गणेश पाण्डेयलाई ज्यान मार्ने धम्की आएको छ। समाचार लेखेकै भरमा आँफूलाई ज्यान मार्ने धम्की आएको पत्रकार पाण्डेयले बताएका छन्। सन् २००८ मा बेलायतमा उच्च शिक्षाका लागि युरोप आएका पाण्डेय हाल भने पोर्चुगलमा बस्दै आएका छन्।

लामो समयदेखि नेपाली पत्रकारितामा संलग्न उनि हिमालयन टिभी, एभिन्युज टिभी, र बेलायत रहँदा लामो समय नेपाली टिभी युरोप र पछिल्लो समयमा न्यूज २४ नेपाल टिभीमा युरोप को-अर्डिनेटर तथा अन्तरास्ट्रिय सम्बाददाताको रुपमा कार्यरत रहेका छन्।

पाण्डेयले घटना बारे खुलाउँदै भनेका छन्,”समाचार लेखेकै भरमा युरोपमा म माथि पटक -पटक धम्कीहरु आए। तर पनि मैले आफ्नो कलमलाई रोकिन,यसै  साता फेरि म माथि आक्रमण गर्ने प्रयास समेत भयो। एनआरएनए पोर्तुगलका उपाध्यक्ष सुनिल संगम र उनका केहि साथीहरुले यस्तो प्रयास गरेका हुन्।”unnamed-36मध्यराति आँफू काम गरिरहेको ठाउँमा आएर ज्यान मार्ने सम्मको धम्कि दिएको पाण्डेय बताउँछन्। आँफूलाई मात्र नभई नेपालमा रहेको घर र परिवारको बारेमा सबै जानकारी लिईसकेको र सबैलाई सखाप पारिदिने धम्कि आएको बताउँदै उनले भने,” शान्त भएर बार्ता गर्ने कोशिस गर्दा गर्दै पनि यस्तो धम्की दिएका छन्।”

पत्रकार पाण्डेले घटनालाई गंभिर रुपमा लिएर दोषी माथि कडा कारबाहीको माग गरेका छन्। आँफू र आफ्नो  परिवारलाई ज्यान लिने धम्कि आएको हुँदा जीवन रक्षाका लागि उचित कदम चाल्न सरोकारवलालाई अनुरोध समेत गरेका छन्।

यसरी दिए धम्की अडियो सुन्नुहोस् :-

तपाईको प्रतिक्रिया