काँहा गए सन्तोष रानाभाट ?


पोखरा । पोखरा रामघाटबाट तीन दिन अघि हराएका सन्तोष रानाभाट आजसम्म पनि भेटिएका छैनन् ।

पोखरा १० रामघाटस्थित आफ्नै निवासमा बस्ने सन्ताष रानाभाट कहाँ गएका हुन अहिले सम्म पनि खुल्न सकेको छैन । अलि अलि बिरामी भएका पोखरा गण्डकी अस्पतालभन्दा तल अमंरसिह चोकभन्दा माथि भण्डारीको घरमा फुक्न जाने भनेर आमाभन्दा एक पाईला अगाडि बिहान ५ः५० बजे कालो सेतो चेक सट खैरो पाइन्ट लगाएर हिडेको छोरा आजसम्म हराइरहेको सन्तोषकी आमा सुशीला रानाभाटले बताईन ।

हराएको दिन वरीपरी खेज्दा नभेटिएको, त्यस दिन देखी नै मोबाईल अफ भएको, उनको घरमा आमालगाएत परिवारका सदस्य प्रतिक्षा गरेर बसेको, अहिलेसम्म काहाँ छन, कसरी छन के खाएका छन् , घरमा कसैलाई थाहा नभएको मामा कृष्ण रानाभाटले जानकारी दिए ।

आफु भन्दा एक पाईला हिडेको छोरा अहिलेसम्म नभेटिएको तर आफुले जिल्ला प्रहरी कार्यलय कास्कीमा हराएको दिन १२ बजे नै खबर गरीसकेको भएतापनी प्रहरीले केही जानकारी नपाएको आमा सुशीलाले जानकारी दिईन ।

कोहि कसैले देख्नु भएमा आमा सुशीला ९८०६७१४४९०, एसपि श्याम अर्याल ९८५६००५५५५, मामा कृष्ण रानाभाट ९८४६०६६००६ लाई खबर गरिदिनु हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गर्दछौं ।