बिल्वाउमा “एक दिन नेपालका लागि” भन्दै बिशेष कार्यक्रम हुँदै


बार्सिलोना। “एक दिन नेपालका लागि” भन्दै स्पेनको बिल्बाउमा  बिशेष कार्यक्रमको आयोजना हुँदैछ। नेपालमा रहेका बालबालिकाहरु लागि सहयोग पुर्याउँदै उदेश्य राख्दै सम्मरा नेपालले आगामी जुलाई ९ तारिख शनिबार कार्यक्रमको आयोजना गरेको हो।

बिल्बाउको गाल्दाकाओमा  नेपालको सहयोगार्थ  “उना दिया पर नेपाल” (एक दिन नेपालको लागि) कार्यक्रमलाई सफल पार्न सम्सरा नेपालकी संचालक बियट्रिज़ मारिया दे फ्रान्सिको गोन्जालेज (करुणा) ले  अनुरोध गरेकी छन्।

नेपाल पुगेका स्वयसेवकहरुले आफ्नो अनुभव बताउने भएका छन्। यस्तै नेपाली हस्ताकलाका सामानहरू पनि बिक्री गरिने भएको छ। कार्यक्रममा पाइस वास्कोमा रहेका नेपाली कलाकारहरुले गीत संगीत तथा नृत्य प्रस्तुत गर्ने भएका छन्।