जुलाई ११ मा यस्तो छ कलाकारहरुको प्रस्तुति


बार्सिलोना / युरोपको नेपाली समुदायमा बिभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरुलाई आमन्त्रण गरेर  नेपालीनेपाली डटकमले मनाउँन लागेको दोस्रो बार्षिकोत्सव समारोह संगीतमय पनि बन्ने भएको छ।

युरोपमा स्थापित नेपालीहरु कलाकारहरुको गीत संगीत,नृत्य तथा गीतिनाटकले बार्सिलोना संगीत मय पनि  बन्न लागेको हो। गीत संगीत अलवा मिडियाको नेपाल प्रबद्वन सम्बन्धि भिडियो प्रदर्शनी,बीबीसी नेपाली सेवाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान तथा नेपालीनेपाली डटकम युरोप बर्ष व्यक्तित्व घोषणा गर्ने कार्यक्रम समेत रहेको छ।

मिडियालाई देश विदेशबाट प्राप्त भएका शुभ- कामानाहरुलाई पनि बिशेष समारोह बीच प्रस्तुत गरिने भएको छ।  आगामी जुलाई ११ तारिख हुने बिशेष समारोहमा बेलायत, स्बिजरल्याण्ड, जर्मनी,रसिया,बेल्जियम,डेनमार्क,होल्याण्ड लगायतका युरोपेली मुलुकहरुबाट नेपालीहरुको सहभागिता रहने भएको छ।

सुन्दासको गीतले झुमाउँने अजय र डिक नचाउँने

स्विटजरल्याण्डका प्रतिभावान गायक सुबास सुन्दास र संगीतकार रामु परियारले बार्सिलोना बासी नेपालीहरुलाई नचाउँदै छन्।  यी दुई जोडीलाई स्पेनका कलाकार सन्जय बिक्रम शाहले गितारमा साथ दिदै छन्।

गायक सुन्दासले आफ्नो एल्बम उड्न देउ वाट केहि गीतहरु सुनाउँने छन् भने बाँकी दर्शकको रोजाईमा नचाउँने गीत संगीत प्रस्तुत गर्दै छन्। गायक सुन्दासले आफ्नो लाईभ प्रस्तुतिमा गायक अमृत गुरुङका गीत सुनाउँदा गत बर्ष  डेनमार्कलाई नेपथ्यमय बनाएका थिए।

अजय,डिक र बिनोद प्रस्तुति राख्दै
अजय,डिक र बिनोद प्रस्तुति राख्दै

स्पेनमा चर्चित कलाकार अजय लोप्चन र डिक कार्कीको जोडीले बिशेष गीतिनाटक सहित आफ्नो प्रस्तुति राख्ने भएको छ। सन्देश मुलूक गीतिनाटक सहित प्रस्तुत गर्ने,यी जोडीको नयाँ प्रस्तुतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गत बर्ष समेत अन्तराष्ट्रिय कलाकार मञ्चको तर्फबाट पहिलो बार्षिकोत्सवमा जोडदार प्रस्तुति राखेका थिए।

बिनोदको बाँसुरी बज्दा,सुमीको दोहोरी भाका

नेपालकै राष्ट्रिय गहनाको रुपमा परिचित बाँसुरी बाधक बिनोद कटुवाल यस पटक चर्चित धुनले सबैलाई मोहित पार्ने भएका छन्। युटुभमा ७ लाख भन्दा बढीले हेरिसकेको उनको म्याजिक साउण्ड अफ काठमाडौ भिडियोको  एउटा चर्चित धुन कार्यक्रममा सुनाउँदै छन्। रेशम फिरीरी लगायतका चर्चित र मन छुने नेपाली गीतमा बाँसुरीको धुन बज्दा सबैको मन रमाउँनेमा उनि बिश्वस्त छन्।

लोक दोहोरी गायिका सुमी घिमिरे
लोक दोहोरी गायिका सुमी घिमिरे

यता लोक तथा दोहोरीको क्षेत्रमा स्थापित गायिका सुमी घिमिरे सापकोटाको प्रस्तुतिलाई पनि बिशेष रुपमा हेरिएको छ। नेपाल लोक दोहोरी प्रतिष्ठान युरोप शाखाकि अध्यक्ष समेत रहेकी सापकोटाले आफ्नो नयाँ एल्बम माछापानीबाट गीत सुनाउँदै छन्। यस्तै सबैलाई छमछम नचाउँने चर्चित लोकदोहिरी गीत सुनाउँने पर्खाईमा समेत गायिका सापकोटा रहेकी छन्।

सुरिलो स्वरकि धनी गायिका समी गुरुङले “बनेको छ पहराले यो छाति मेरो” राष्ट्रिय भावानाले ओतप्रोत भएको यो गीत प्रस्तुत गर्दै छन्। गायिका गुरुङले करिब १ घण्टा “नेपाल प्रबद्वन” सम्बन्धि नेपाली नेपाली डटकमको बिशेष कार्यक्रमलाई उद्घोषण समेत गर्ने भएकी छन्।

नेपाली पाठशाला स्पेन
नेपाली पाठशाला स्पेन

कलाकार सुस्मिता गिरी र दिव्या भण्डारीको जोडीले जोडदार नृत्य प्रस्तुत गर्दै छन् भने सोनिया खत्रीले पनि आफ्नो प्रस्तुति राख्ने भएकी छन्। नेपाली पाठशालाका नेपाली बालबालिकाहरुको नृत्य भने समारोहको बिशेष आकार्षण रहने छ। सुबास बहादुर बिष्टले पाठशालाका बालबालिकाहरुलाई समेटेर,एउटा प्रस्तुति तयार गर्दै छन्। पाठशाला सम्बन्धि मिडियाले यस अघि तयार गरेको बिशेष भिडियो रिपोर्ट समेत सोहि समारोहमा पहिलो पटक प्रस्तुत गरिदै छ।

समय अभावका कारण साँस्कृतिक कार्यक्रमको लागि करिब १ घन्टा ३० मिनेटको समय छुट्टाईएको मिडियाले जनाएको छ।

बाँसुरी बाधक बिनोद कटुवाल
बाँसुरी बाधक बिनोद कटुवाल
समी गुरुङ राजेशपायलको साथमा
समी गुरुङ राजेशपायलको साथमा

11752007_10155725816490567_1383153910790260698_n 11208652_10155781937690567_4676696505468102136_n