ह्याण्ड नेपाल बेल्जियमद्वारा, चार बिद्यालयलाई दश लाख रुपैयाँ सहयोग


बेल्जियम/ गत बर्षको विनाशकारी भुकम्पमा परेर क्षति भएका काभ्रे र भक्तपुरका चार बिद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले दश लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

गत सोमबार पार्वती उच्चमावि ढुंखर्कमा आयोजना भएको एक कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र नीधिको प्रमुख उपस्थितिमा पार्वती उच्च मावि सहित बल्थलीको कमलादेवी जनप्रिय मावि, च्याम्राङब्शीको चक्रेश्वर मावि र भक्तपुरको एक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागी कम्प्युटर तथा आर्थिक सहयोग हस्तान्तरण गरेको हो  ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र नीधिले भुकम्प प्रभावित बिद्यालयलाई बेल्जियममा अवस्थित ह्याण्डस् नेपाल संस्थाबाट सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे। शैक्षिक गुणस्तर सुधार देखि पुनर्निर्माण कार्यमा प्रवासमा रहेका नेपालीहरुको सयोगमा ठुलो योगदान रहेको र हाल नेपाल मा भूकम्प पिडितहरुले राहत अझै  नपाएको, पिडित जनताहरुलाई सरकारले एकमुष्ट रकम उपलब्ध गराउनु पर्ने निधिले बताए ।unnamed-31कार्यक्रममा काँग्रेस जिल्ला सभापति मधु आचार्य, सांसद तिर्थ लामा, कांग्रेस नेताहरु तिर्थबहादुर, प्रकास थापा, भगवान अधिकारी, प्रेमबहादुर तिमल्सिना, पत्रकार परशु घिमिरे, एनआरएन आईसीसी सदस्य कपिलदेव थापा, स्थानिय राजनैतिक दलका प्रतिनीधिहरु काँग्रेसका उद्धब तिमल्सिना, एमालेका घननाथ तिमल्सिना, नेकपा माओवादी केन्द्रका माधव सिं लामा, श्रोत व्यक्ति बाबुराम तिमल्सिना, पार्वती उच्च माविका प्राचार्य गोविन्द प्रसाद शर्मा, विव्यस सदस्य गोविन्द प्रसाद अधिकारी लगायतले भूकम्प पुनर्निर्माण संगै शैक्षिक गुणस्तरमा सहयोग पुर्र्याएको ह्याण्ड नेपाल बेल्जियमलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा ह्याण्ड नेपालका तर्फवाट चिनियाँ दुवालले भुकम्पले क्षति पुर्र्याएका विद्यालयहरुलाई शैक्षिक गुणस्तर उकास्नका लागि सहयोग पुर्र्याउने उदेश्यले आर्थिक सहयोग गरेको र यसलाई अझै निरन्तरता दिने बताए । कार्यक्रम ह्याण्ड नेपाल बेल्जीयमकी अध्यक्ष एलिन डुपोनको अध्यक्षतामा सम्पन्न भएको थियो ।unnamed-32