नेदरल्याण्ड्समा नेपाल बिद्यार्थी संघ बिस्तार


नेदरल्याण्ड्स/ नेपाल विद्यार्थी संघ नेदरल्याण्ड्स गत आइतबार एक भेलाका विच विस्तार भएको छ। नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले विवेक गौतमलाई अध्यक्ष तोक्दै समिति विस्तार गर्न परिपत्र जारी भएपछि समिति बिस्तार भएको हो।

भेलाले अर्पण पोखरेल, सिर्जना केसी, सरिता हुमागाई, डेविड शर्मा, रेशव रिजाल, आस्था क्षेत्री, विजय क्षेत्री, विप्लव केसी, सुमिरा बरुवाल, शनिस शर्मा, अभिषेक चुडाल, सुदय शर्मा, रोशिस गुरुङ्ग, निरज गुरुङ्ग, रक्षा अधिकारी र गणेश थापा कार्यकारी सदस्यमा चयन गरेको छ भने यथाशिघ्र पुर्ण कार्यसमितिको बैठक बोलाई पदाधिकारीहरु चयन गर्ने निर्णय समेत गरेको छ।

नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेशनमा ३ जना प्रतिनिधी चयन गर्ने र जनसंपर्क समिति नेदरल्याण्ड्स संग सहकार्य गरेर च्यारिटी बनभोजको कार्यक्रम गर्ने बिस्तारित समितिले निर्णय गरेको छ।

भेलामा नेपाली जनसम्पर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चाय, पुर्व अध्यक्ष मनोहरि शर्मा, वर्तमान अध्यक्ष दिपक रेग्मी, एनआरएन नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशि पौडेल, पुर्व अध्यक्षहरु नारायण आर्चाय, हरि पौडेल, निवर्तमान अध्यक्ष कृष्ण अधिकारी र वर्तमान अध्यक्ष हिमाल गुरुङ् लगायत जनसंपर्क समितिका महामन्त्री उत्तम कंडेल, प्रेम सिंह गुरुङ्,निरज बिष्ट ,विकास शर्मा, जितेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।