खुल्ला रनिङ शिल्ड टेबुलटेनिसको च्याम्पियन, एसओएस


पोखरा । प्रथम अन्तर बिध्यालय खुल्ला रनिङ शिल्ड टेबुलटेनिस प्रतियोगिता शनिबार पोखरामा सम्पन्न भएको छ भने पहिलो रनिङ शिल्ड एसओएसले हात पारेको छ ।

IMG_20160625_165523

रनिङ शिल्डको उपाधी ६ अंक ल्याएर एसओएस बिद्यालयले जितेको छ । प्रतियोगितामा एसओएस स्कुल र एसओएस भिलेजले समान ६ अंक, स्टेप बाई स्टेप र वेलननको समान ५ अंक, ग्लोबलले ३ अंक, सृजनाले २ र टप्सले १ अंक प्राप्त गरेका थिए ।

ब्वाइज सिङल तर्फ वेलननका नवीन गुरुङ प्रथम, स्टेप बाई स्टेपका विविध गुरुङ द्वितीय र तृतीय स्टेप बाई स्टेपका अमिस ढकाल र सृजनाका असल पाण्डे भएका थिए ।

IMG_20160625_165602

ब्वाइज डबलमा प्रथम ग्लोबलका आनन्द घले र अमीत थापाको जोडी, वेलननका नबिन गुरुङ र मौसम गुरुङको जोडी द्वितीय भएका थिए भने सृजनाका असल पाण्डे र सागर तिमिलाको जोडी तथा स्टेप बाई स्टेपका अमिस ढकाल र विविध गुरुङको जोडी तृतीय भएका थिए ।

गल्स सिङलका सबै इभेन्ट्समा एसओएले जितेको थियो। जसमा प्रथम पार्वती श्रेष्ठ, द्वितीय मनिषा श्रेष्ठ, तृतीय रचना लामा र सुजाता पौडेल भएका थिए ।

गल्स डबलमा एसओएसका हेमाकुमारी ठाडा र कृतिका पराजुलीको जोडी प्रथम, एसओएस कै सम्झना जिसि र धनुषा ठाडाको जोडी द्वितीय भएका थिए भने स्टेप बाई स्टेपका सिमर बिक र जिना परियारको जोडी तथा टप्सका ममता ढुंगाना र आस्था गुरुङको जोडी तृतीय भएका थिए ।

बिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, संघका सल्लाहकार रमाकान्त बराल लागाएतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कास्की जिल्लामा पहिलो पटक भएको खुल्ला टेबुलटेनिस प्रतियोगितामा १८ पुरुष १२ महिलाले भाग लिएका थिए भने बिद्यालय स्तरीय तर्फ ३२ ब्याईज र १८ गल्सले भाग लिएका थिए ।

कास्की जिल्ला टेबुलटेनिस संघको आयोजनामा पोखरा रंगशालाको हलमा शनिबार सम्पन्न भएको सो प्रतियोगितामा संघका अध्यक्ष उत्तम जोशी, सदस्य कृष्ण रानाभाट, प्रशिक्षकहरु रुप गुरुङ, अनुस कुँवर, सुमेश लामा, ज्योति गुरुङ, सुन्दर गुरुङलगाएतले एम्पाएरको भुमिका निभाएका थिए ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा स्वागत उपाध्यक्ष निर्मला बराल र संचालन सदस्य कृष्ण रानाभाटले गरेका थिए ।