बेलायतका लागि नेपाली कार्यवाहक राजदूत क्षेत्रीको विदाइ


लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको विदाइ ग¥यो । चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्किन लागेका क्षेत्रीलाई फान्ब्रोमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेले बिदाइ गरेको हो ।

विदाइ कार्यक्रममा भावुकरुपमा प्रस्तुत भएका क्षेत्रीले आफू कर्मचारी भएकाले नेपाल सरकारको निर्देशनअनुसार स्वदेश फर्कन लागेको बताए । चार वर्षे बसाइका क्रममा आफूले सक्दो नेपाल र नेपालीको हितमा काम गरेको र बेलायतमा रहेका नेपाली समुदायको सहयोग र सद्भाव आफ्ना लागि अविश्वरणीय रहेको क्षेत्रीले बताए ।

गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले कार्यवाहक राजदूत क्षेत्रीको कार्यकाल एकदमै सफल रहेको भन्दै प्रशंसा गरे । एनआरएन यूके अध्यक्ष मुक्षेत्र गुरुङले कार्यवाहक राजदूत क्षेत्रीको खुलेर प्रशंसा गरे । दूतावाससँग एनआरएनले गरेको सहकार्यबाट बेलायतमा रहेका नेपाली समुदायलाई सहयोग पुगेको उनले बताए । एनआरएन पूर्वअध्यक्ष सूर्य गुरुङले नेपालमा भूकम्प गएका बेला राजदूत क्षेत्रीसँगको सहकार्य स्मरण गरे । उनले भने, ‘दूतावास र बेलायतमा रहेका नेपाली समुदायको सहकार्यले भूकम्प पीडित नेपाली समुदायको घाउमा मल्हम लगाउन सहयोग भूमिका खेल्न सकियो ।’

नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालले कार्यवाहक राजदूत क्षेत्रीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । बेलायतमा रहेका नेपाली समुदायलाई राज्यको पहुँचमा पु¥याउन राजदूत क्षेत्रीको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष ढकालले बताए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष चिरन शर्माले दूतावाससँगको सम्बन्ध र नेपाली मिडियाबारे बोलेका थिए ।

संयोजक तथा एनआरएन सचिव फणिन्द्र भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएन सल्लाहकार विश्व पण्डित, पूर्वअध्यक्षहरु डम्बर घले, योगेनबहादुर क्षेत्री, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, गुल्म समाज यूके अध्यक्ष, राम गलामी, सञ्चारकर्मी धु्रव अर्यालले कार्यवाहक राजदूत क्षेत्रीको योगदानबारे बोलेका थिए । करिब दुई दर्जन संघसंस्थाका प्रतिनिधिमध्ये कसैले कविता र कसैले मुक्तकमार्फत् राजदूत क्षेत्रीको प्रशंसा गरेका थिए । कार्यक्रममा दूतावासका अधिकांश कर्मचारी कार्यक्रममा सहभागी थिए ।