टिबीदाबुमा हुने नेपाल प्रवद्दन कार्यक्रमको तयारी तिब्र


बार्सिलोना / “नेपाल ईज सेफ टु भिजिट,वुई निड मोर देन ईभर” भन्दै स्पेनमा नेपाल प्रबद्दनका लागि कार्यक्रमको तयारी तिब्र चलिरहेको छ। बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा आगामी जुलाई २ र ३ तारिखमा हुने कार्यक्रमको तयारी तिब्र चलेको हो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष तथा तयारी समितिका संयोजक मुक्त बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले बिबिध बिषयमा छलफल गरेको छ। बैठक स्थलमा नै कार्यक्रम तयारीको लागि करिब १ हजार ६ सय युरो सहयोग रकम समेत संकलन गर्न सफल भएको छ।

बैठकमा तयारी उप समितिकाका संयोजकहरुले प्रगती बिबरण पेश गरेका थिए। बेलायतबाट नौमति बाजा ल्याउँन लागि तयारी अन्तिम चरणमा पुगेको बारे पनि बैठकमा छलफल भएको थियो। यस्तै टिसर्ट छपाईको काम अन्तिम चरणमा पुगेको बारे पनि बैठकमा जानकारी गराईएको थियो।

एनआरएन लगायत स्पेन स्थित सम्पूर्ण नेपाली संघ सँस्था लगायत बार्सिलोना स्थित नेपाली कन्सुलरको बिशेष पहलमा,डाँडामा रहेको पार्कले कार्यक्रमका लागि समय र ठाउँ उपलब्ध गराएको छ। नेपाली पहिचानलाई बिभिन्न माध्यमबाट प्रस्तुत गरिने नेपाल प्रबद्दन बिशेष महोत्सव दुई दिन सम्म चल्ने भएको छ।

गत बर्ष भने,नेपाल प्रतिको ऎक्यबद्दता” ( सोलीडारीदाद पर नेपाल) भन्ने मूल उद्घोषकका साथ बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा एक दिने महोत्सव सम्पन्न भएको थियो। भूकम्प पछि सहयोग आह्वावान गर्दै भएको कार्यक्रममा नेपाली संघ संस्थाहरु लगायत युनिसेफ,रेड्क्र्ससँगै  १५ बढी गैर सरकारी संस्थाहरुले पनि सहभागिता जनाएका थिए। तर यस पटक भने नेपाल प्रबद्दनका लागि केन्द्रित हुने भएको छ।

तपाईको प्रतिक्रिया