अमेरिकी रात्रीक्लबमा गोलीकाण्ड हुँदा मारिनेहरुको संख्या ५० पुग्यो


संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित ओर्ल्याण्डो शहरमा रहेको एक रात्रीक्लबमा भएको गोलीकाण्डमा मारिनेहरुको संख्या ५० पुगेको त्यहाँका मेयरले बताएका छन्। सोही घटनामा अन्य ५३ घाईते भएको बताइएको छ। उनले त्यहाँ आपतकालीन स्थितिको घोषणा गरेका छन्।

अमेरिकी सञ्चार माध्यमहरुले उक्त गोलीकाण्ड मच्चाउने व्यक्ति अमेरिकी नागरिक ओमर मतीन भएको पहिचान गरेका छन्। ती २९ वर्षीय बन्दूकधारीले राइफल तथा ह्यान्ड गन बोकेका थिए। बन्दूकधारीले बन्धक बनाएको तथा प्रहरीसंग समेत गोली हानाहान गरेको प्रहरीले बताएको छ। त्यसपछि ती बन्दूकधारी मारिएको बताइएको छ।

सो घटनाका एक प्रत्यक्षदर्शीले भने, “त्यतिखेर केवल ड्वांग ड्वांग गोली पड्केका आवाज सुनिएको थियो। रगतले लत्पतिएका मानिसहरु भुईंमा लडेको र तिनले चिच्याएको अनि होहल्ला नसुन्दासम्म मलाई लाग्दैन कसैले के भइरहेको छ भनेर थाहा पाए।”

‘आतंकवादी’

फ्लोरीडाको प्रहरीले सो घटनालाई आतंकवादी कृयाकलाप मानेर अनुसन्धान भइरहेको बताएको छ। संघीय जाँच ब्यूरो एफबीआइका एक प्रवक्ताले बन्दुकधारी इस्लामवादी भएको हुनसक्ने कुरा आएको बताए। बन्दूकधारी एक्लै रहेको र स्थानिय क्षेत्रको नभएको बताइएको छ।_89952444_89951977घटना भएको स्थल पल्स रात्रीक्लबले आफुलाई ओर्ल्याण्डोमा समलिंगीहरुको एक प्रमुख क्लबको रुपमा चित्रित गर्ने गर्छ। घटनाका बेला त्यहाँ एक सयभन्दा धेरै जना रहेको बताइएको छ।

ओर्ल्याण्डोका प्रहरी प्रमुख जोन मिनाका अनुसार स्थानिय समय बिहानको दुई बजे हमला शुरु भएको थियो। र, त्यहाँ तैनाथ प्रहरीसंग बन्दूकधारीको गोली हानाहान भएको थियो। त्यसपछि बन्दूकधारी क्लब भित्र छिरेको र बन्धकको अवस्था उत्पन्न भएको उनले बताए।

समवेदना

राष्ट्रपति ओबामाले ओर्ल्याण्डोमा भएको गोलीकाण्डबारे बोल्दै घटनामा परेकाहरुको परिवार तथा आफन्तहरुप्रति समवेदना प्रकट गरेका छन्। उनले संघीय सरकारलाई सबै आवश्यक सहयोग प्रदान गर्न अह्राएको बताएका छन्।

क्लबमा रहेका केही बन्धकहरुबाट फोन कल र टेक्स्ट मेसेज प्राप्त भएपश्चात करीब बिहान पाँच बजेतिर प्रहरीको टोली त्यहाँ पठाइएको प्रहरी प्रमुख मीनाले बताए। उक्त टोलीसंग गोली हानाहान भएको र आरोपित मारिएको उनले बताए।

_89953739_a00f5d8b-fe4b-44a9-8c95-28eecb20b7d3मास शुटिंग ट्र्याकर नामक एक संस्थाका अनुसार सन् २०१५ मा मात्रै अमेरिका भर मास शुटिंग अर्थात आम गोलीकाण्डका करीब ३२७ घटना भएका थिए, जसमा परी ४७५ जना मारिएको तथा १८७० जना घाईते भएको बताइएको छ। एकै घटनामा चारजनाभन्दा धेरै मारिएका वा घाईते भएका घटनालाई आम गोलीकाण्डको घटना मानिने गरिन्छ।- बीबीसी 

_89953736_033426709-1_89954960_033430054-1