युरो कप उपाधि दाबेदार जर्मनीको बिजयी सुरुवात


पेरिस/ विश्व विजेता जर्मनीले युक्रेनलाई २ – ० ले पराजित गर्दै युरो कपको उपाधि यात्रा थालेको छ। युरो कप उपाधिका लागि प्रमुख दाबेदार मानिएको जर्मनीले आईतबार राति भएको खेलमा युक्रेनलाई पराजित गरेको हो।

पहिलो हाफको १९ औ मिनेट टोनी क्रुसले हानेको फ्रीकिकलाई मूसथापीले हेडिङ् गर्दै गोलमा परिणत गरेका थिए। १- ०ले अग्रता कायम गरेको जर्मनीले निर्धारित ९० मिनेटको अन्तिम बेलामा मारियो गोट्जेको स्थानमा मैदान प्रवेश गरेका वास्टियन स्वाइन्सटाइगरले अतिरिक्त समयमा गोल गर्दै २ – ० को जित हासिल गर्यो। 13415574_1152334991486012_5707062209436028091_o 13458703_1152335054819339_2001075609438620807_o