एनआरएन मलेसियाको अध्यक्षमा राई


क्वालालाम्पुर/ गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा विश्वविक्रम राई मनोनित भएका छन् । शनिबार क्वालालम्पुरमा बसेको संघको बैठकले रिक्त रहेको अध्यक्ष पदमा राईलाई मनोनयन गरेको हो । बैठकले राईलाई सर्व सम्मतले चयन गरेको बैठक पछि संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ठगीको आरोप लागेपछि संघले २ महिना अगाडि अध्यक्ष महेन्द्रजंग शाहलाई अध्यक्ष पदबाट निस्कासन गरको थियो । त्यसपछि एनआरएन मलेसियामा अध्यक्ष पद रिक्त थियो । गतवर्ष अगष्टमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको करिब ८ महिनामै शाह कारबाहीमा परेका थिए

एनआरएन मलेसियाका अध्यक्षमा मनोनित भएका राई संघको स्थापनाकालदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन् । यसअघि उनी एनआरएन मलेसियाको संरक्षक, उपाध्यक्ष र महासचिव रहिसकेका छन् । राई विगत लामो समयदेखि मलेसियामा व्यवसायमा संलग्न छन् ।