युरोपकपमा स्विट्जरल्याण्डको बिजयी सुरुवात


पेरिस/ युरो कप फुटबलमा स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको छ । शनिबार आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डले १० खेलाडीमा सिमित अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५ औं मिनेटमा सेट पिसलाई फाबिन स्कारले गोलमा परिणत गर्दै स्वीटरजरल्याण्डलाई अग्रता दिलाए । त्यसपछि पनि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । लोरिक काना दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि  अल्बानिया खेलको ३७ औं मिनेटमा १० खेलाडीमा सिमित भयो ।

खेलको दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक नै बन्यो । अल्बानियाले थुप्रै गोल गर्ने अवसर सृजना गरे पनि गोलमा परिणत गर्न सकेन ।