बाबुरामको “नयाँ शक्ति” प्रबासमा फैलिदै,नेदरल्यान्ड्स अध्यक्षमा रन लामा


– नेदरल्यान्ड्स/ डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति नेपालले प्रबासमा पनि आफ्नो सक्रियता बढाउँदै लगेको छ। नयाँ शक्ति आस्थावानहरुलाई, “अन्तराष्ट्रिय नेपाली समाजको” नाममा बिस्तार गर्ने क्रम बढेको हो। यसै क्रममा हालै नेदरल्याण्डमा सम्पन्न एक भेलाले रन लामाको अध्यक्षतामा १९ सदस्यीय तर्दथ समिति गठन भएको छ।

तदर्थ समितिको उपाध्यक्षहरुमा अजित कुमार मल्लिक,सोवित परियार,राम बहादुर पौडेल,महासचिब – हिरण्य प्रसाद ओझा (हिमाल कोषाध्यक्ष  अन्जन गुरुङ,सचिब – रुबी पाण्डे,सह कोषाध्यक्ष – संकर पुन र सोसल मिडिया ब्यबस्थापनमा सूर्यराज गिरी चयन भएका छन्।

बिभाग तथा बिशेष कार्यदल प्रमुखहरु भन्दै अस्बिनी कुमार नेपाल,अरुण कुमार प्रतिहस्त,कुशल न्यौपाने,तेज ब रोका,राम चन्द्र पोखरेल,हरि बिष्ट,पूर्ण कंडेल,निर राज पनेरु,गणेश सिम्खडालाई समितिमा रखिएको छ।

नयाँ  शक्ति नेपाल पार्टीको संस्थापक सदस्य बन्न इच्छुक नेदरल्यान्ड्सबासी नेपालीमा खुल्ला आब्हान गर्दै फारम भर्ने काम समेत सम्पन्न भएको छ। संकलित फारामहरु जेष्ठ २८ गते भित्र नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालयमा पठाईने समाजले जनाएको छ।