भाट समाजले खुल्ला रक्तदान कार्यक्रम गर्ने


पोखरा । भाट समाज नेपाल कास्की जिल्ला कार्य समितिले भोलि शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम पोखरा ९ पृथ्वीचोकस्थित ट्राफिक कार्यालय अगाडि बिहान ८ बजे देखि सुरु हुने अध्यक्ष रमेशबहादुर रानाभाटले बताए ।

रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथमा समाजले हरेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ भने भोलि हुने कार्यक्रममा भाट समाजका केन्द्रिय, क्षेत्रीय, विभिन्न जिल्ला तथा एकाई समितीका सदस्यहरुको सहभागिता रहने जिल्ला समितिका सचिब एवं कार्यक्रम संयोजक रुद्रबहादुर रानाभाटले बताए ।