कोपा अमेरिकाबाट उरुग्वे बाहिरियो, नखेलाए पछि स्वरेजले मुड्की बजारे (भिडियो)


कोपा अमेरिका कप फुटबलमा भेनेजुएलासँग व्यहोरेको १-० का अप्रत्यासित हारकै कारण १५ पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरिएको छ।चोटका कारण पहिलो खेल गुमाएका स्वरेज दोस्रो खेलमा खेल्न चाहेका थिए ।

उरुग्वे भेनेजुएलासँग पराजित भइरहँदा उसका भरपर्दा स्ट्राइकर लुइस स्वरेज भने बेन्चमा सिमित रहे । प्रशिक्षकले उनलाई प्लेइङ ११ मा राखेनन् ।  खेल अन्तिमतिर पुग्दा स्वरेजले आफूलाई मैदान पठाउन आग्रह गरेपनि प्रशिक्षक ओस्कार ताबरेजले अस्वीकार गरे ।  बैंकल्पिक खेलाडीका रुपमा लगाएको एप्रोन नै उतारेर फाले ।त्यति गर्दा पनि उनको रिस मरेन, त्यसपछि रिसले आगो भएका स्वरेजले बेच्नको कभरमा मुड्की बजारे ।

,खेलमा भेनेजुलाएलाले ३६ औं मिनेटमा गोल गरेको थियो । तर, उरुग्वेले कमब्याक गर्न सकेन ।