नेपाल रेडक्रसको साझेदार बैठक शुरु


नेपाल रेडक्रस सोसाइटीका बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँगको बैठक आज काठमाडौंमा शुरु भयो । तीन दिनसम्म चल्ने सो कार्यक्रमको नेपाल सरकारका उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सी.पी. मैनालीले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

उहाँले भन्नुभयो– “नेपाल रेडक्रस सोसाइटी नेपाल सरकारको एउटा विश्वसनीय साझेदार हो । नेपाल सरकारले संकटासन्न अवस्थामा रहेका समुदायका पक्षमा सञ्चालित नेपाल रेडक्रसका गतिविधिहरुलाई उच्च मूल्यांकन गर्दछ ।”

बैठकको अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो–“भूकम्प गए लगतै हामी ३५ लाख मानिसहरुलाई बिभिन्न तरिकाले सहयोग पु¥याउन सफल भयौं । अव पुनर्निमाणको चरणमा थप ६ लाख मानिसहरुलाई आवास, स्वास्थ्य सरसफाइ, जिविकोपार्जनजस्ता क्षेत्रमा सेवा पु¥याउने गरी योजना बनेको छ, यसमा सबैको सहयोग अपेक्षित छ ।”

unnamed-10बिभिन्न २२ देशका रेडक्रस रेडक्रिसेण्ट सोसाइटीका प्रतिनिधिहरुले भाग लिइरहेका छन् । यसका अलावा नेपाल सरकार, संयुक्त राष्ट्रसंघका एजेन्सीहरु, नेपालस्थित बिभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु तथा रेडक्रस अभियानका अंगका गरी ८४ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बैठकको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भन्नुभयो–“हरेक दुई वर्षमा आयोजना हुने यस्तो साझेदार बैठकले रेडक्रसका सबै साझेदारहरुलाई एकै ठाउँमा ल्याउँछ, सँगै योजना बनाउँछ र कार्यान्वयनको लागि दिशानिर्देश गर्दछ ।

संयुक्त राष्ट्रसंघका नेपालस्थित कार्यवाहक कोअर्डिनेटर ऋचबष्न क्बलमभचक ले रेडक्रसले विपद् तथा संकटको अवस्थामा पु¥याएको सेवाको चर्चा गर्दै रेडक्रस अनुकुल कानुनको आवश्यकतामा जोड दिनुभयो । ”

unnamed-9यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समितिको एशिया प्रशान्त क्षेत्रीय सल्लाहकार एबग िप्भभल ले सरकारसँगको सहयोगीको भूमिका सँगसँगै विश्वस्तरमा साझेदारीको नमूना नेपाल रेडक्रस सोसाइटीले प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको एशिया प्रशान्त क्षेत्रीय निर्देशक ह्बखष्भच ऋबकतभििबलयक ले भरखरै स्तानबुलमा सम्पन्न वल्र्ड ह्युमेनिटेरियन समिटले पारित गरेको घोषणालाई कार्यमा हेर्न नेपालमा पाइएकोमा नेपाल रेडक्रसका स्वयंसेवक तथा स्थानीय निकायहरुको सराहना गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा र नेपाल पुनर्निमाण प्राधिकरणका कार्यकारी सुशिल ज्ञवालीले नेपालको दिगो विकास तथा पुनर्निमाणसम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
unnamed-7