हामीलाई युरोप घुमाएर,कसैले फाईदा लिएको छैन- महजोडी ( भिडियो अन्तरबार्ता )


बार्सिलोना / युरोप यात्रामा रहेका महजोडीले आँफुलाई देखाएर कसैले रकम कमाएको छ भनेर सोच्नु पनि पाप भएको बताएका छन्। आँफुहरुलाई युरोप घुमाएर कसैले फाईदा नलिएको बताउँदै,यो सोच्नु पनि पाप भएको बताएका हुन्। युरोपमा एक अन्तर्वाताको क्रममा बरिष्ट कलाकार हरिबंश आचार्यले स्पष्ट पारे।

कार्यक्रमबाट जम्मा भएको रकमबाट आँफूहरुले केहि पारिश्रमिक लिने र केहि महिला फोरमले संचालन गरेको दुर्गम जिल्लाका पाठेघर खस्ने महिलाहरुको उपाचारका लागि छुट्टाईने उनले बताए। मदन कृष्णलाई देखाउँदै उनले भने,” भाउजु बिरामी हुनुहुन्छ,उपाचार भईरहेको छ, उपाचारमा पैसाको खोलो बगिरहेको छ,केहि त लिएर जानु पर्यो नि।”

कलाकार आचार्यले थपे,” हाम्रो साईन बोर्ड देखाएर कसैले कमाएको छैन,जसले गलत सोच्नु भएको छ, म हात जोडेर अनुरोध गर्दछु यस्तो नसोच्नु होला। स्थानीय कार्यक्रम आयोजकहरु समेत एनआरएन संस्थाहरु रहेको हुँदा यो बारे सोच्नु गलत भएको धारणा राखे।  महजोडी कलाकारहरुको कार्यक्रम बारे सम्पूर्ण संयोजन गैर आबासीय नेपाली संघ महिला फोरम उप-संयोजक रजनी प्रधानले गर्दै आएकी छन्।

बरिष्ट कलाकार हरिबंश आचार्यले अन्तर्वार्ताको क्रममा भने,” यदी पर्यटक भएर आएको भए मेरो नाममा मात्र एक करोड रुपैयाँ खर्च भईसक्थ्यो। युरोपमा तपाईहरु माँझ आउँनका लागि ,प्लेन चढ्नै पर्यो,कसैको घरमा वा होटलमा रहनै पर्यो,खुवाउनु पर्यो,हाम्रो समुह ठुलो छ, एकदमै धेरै खर्च छ।”

महजोडीले आँफुहरु १२ बर्ष पछि युरोप आएको बताउँदै यस पटक नेपाली समुदाय माँझ अनबरत रुपमा २ महिना सम्म कार्यक्रम गर्न पाएकोमा खुशी ब्यक्त गरे। अन्तर्वार्ताको क्रममा महजोडीले आफ्नो पारिबारिक ब्यथाहरुलाई पोखेका छन्। पत्नीको निधन पछि आचार्यले भोगेका दुखद पलहरुलाई पनि सम्झेका छन्।

महजोडीले देशको राजनीतिक अबस्था बारे पनि चर्चा गरेका छन्।  युरोप यात्राको उदेश्य र अनुभवका बारेमा बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँग स्बिजरल्याण्डमा गुणराज शर्माले गरेको बिशेष कुराकानी हेर्नुहोस्।

युरोपभर लगातार मह-प्रहसन २ महिना सम्म

युरोपमा सम्भबत यति लामो समय सम्म लगातार प्रस्तुति राख्ने नेपाली कलाकारहरुमा महजोडी नै पहिलो हुन्। महजात्रा करिब २ महिना हुन लाग्दा पनि कार्यक्रमहरु अझै तय भईरहेका छन्। अप्रिल र मे महिनाको अबधिमा महजोडीले नर्बे,फिनल्याण्ड,डेनमार्क,पोल्याण्ड, स्विडेन, स्पेन,जर्मनी,ईटाली,,फ्रान्स, अष्ट्रिया, चेक गणतन्त्र,पोर्चुगल,,स्बिजरल्याण्ड लगायतका मुलुकहरुमा पुगेर प्रहसन गरिसकेका छन्।

कतिपय मुलुकहरुमा महका दुई वा तिन बटा कार्यक्रमहरु पनि सम्पन्न भएका छन्। यस्तै  जुन ४ तारिख नेदरल्याण्ड तथा र ५ तारिख  बेल्जियममा मह जात्रा हुँदै छ। महजोडीको साथमा कलाकार नरेन्द्र कंसकार,मोहित आचार्य,गायिका माण्डबी त्रिपाठी,यमन श्रेष्ठ समेत रहेका छन्।

के छ युरोपमा मह जोडीको सन्देश ?

देशमा गएको बिनाशकारी भूकम्प पछि नेपालमा जारी भएको संबिधान प्रति असन्तुष्टि जनाउँदै भारतले लगाएको नाकाबन्धी प्रति पनि महजोडीले प्रहसनमा कडा ब्यङ्ग प्रहार गर्दै आएका छन्।  नेताहरुलाई छिमेकीले नाकाबन्धी लगाएर आँखा खुलाईदिएको भन्दै यसबाट पाठ सिक्नु पर्नेमा उनिहरुले जोड छ।

यस्तै नेवारबहादुर बनेका हरिबंश र बाहुनबहादुर बनेका मदनकृष्णले बाहुन,नेवार,गुरुङ मगर जो भए पनि पहिले आँफूलाई नेपाली सम्झनुपर्ने सन्देश पनि युरोपका नेपालीहरु माँझ छाडेका छन्। जातियताका नाममा देशमा  युद्द निम्ताउँने खतरा रहेको भन्दै,उनीहरुले प्रहसनले मार्फत,पहिले नेपाली बन्न सबैलाई प्रेरित गरेका छन्।

जातीय आधारमा प्रदेश बाँड्ने दलहरुको आश्वासनलाई महजोडीले प्रहसन मार्फत गतिलो झापड हानेका छन्।  जातभातकै कुराले नै बिश्वका धेरै देशहरु टुक्रिएको बयान गर्दै,नेपाललाई जोगाएर राख्न सन्देश दिएका छन्। प्रहसनवाट नै महजोडीले देशमा अझै पनि खुलेआम गुण्डा र दादागिरीको राज चलीरहेको झल्काएका छन्। राजनीतिक दल तथा तिनका नेताहरुले यसलाई रोख्नुको सट्टा उल्टै संरक्षण गरेको प्रति प्रहसनले कडा प्रहार

गरेको पाईन्छ। मुलुकमा वाक्क दिक्क भएर,विदेशको सपना देख्ने युवकहरु ठगिने गरेको यथार्थलाई पनि महजात्रामा छुट्टाईएको छैन। देश बनाउँने युबाहरु,विदेशबाट आफ्नो सिप र अनुभव लिएर स्बदेश फर्कन पनि महले प्रेरित गरेको छ।