एनआरएन मध्यपुर्बको पाँचौ क्षेत्रीय बैठक,जुलाई तेस्रो साता दोहामा


दोहा-   “पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित बैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका  गैरआबासीय नेपाली सँघ मध्यपूर्वको पाँचौ क्षेत्रीय बैठक हुने भएको छ।

आगामी जुलाई २१ र २२ तारिख  कतारको राजधानी दोहामा क्षेत्रीय भेला हुन लागेको हो। मध्यपूर्वमा एनआरएनका कतार, युएई, बहराईन, ओमन, साउदी अरेविया, कुवेत, ईराक, लेवनान, ईजरायल र यमन राष्ट्रिय समन्वय परिषदहरु पर्दछन्।
क्षेत्रिय भेला सम्पन्नका सो क्षेत्रका आईसीसी प्रतिनिधी र पदाधिकारीहरु सम्मिलित ३५ सदस्य आयोजक समिती डिबी क्षेत्रीको संयोजकत्वमा निर्माण भएको छ । मुलुकमा सर्वाधिक रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई टेवा दिइरहेको यस क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरुका कठिनाई, तिनको समाधानका उपायहरुका बिषयमा  बैठक केन्द्रित हुने बताईएको छ।