छोरीको स्मृतिमा अपांग दिदीबहिनीलाई सहयोग


पोखरा । पोखरा नयाँ बजार निवासी रनबहादुर बिश्वकर्मा र तारादेवी सुनारले छोरी स्व. अनिता बिश्वकर्माको बार्षिक पुण्य तिथिमा पर्वत जिल्लाको रानीपानी निवासी तीन अपांग दिदीबहिनीहरुलाई आर्थिक तथा जिन्सी सहयोग गरेका छन् ।

उनिहरुले गत बर्ष नेपाल साप्ताहिक पत्रीकामा ०७२ असार २७ गते प्रकाशित समाचार र तीतो जिरे कार्यक्रममा टोलिले घरमै गएर सहयोग गरेको देखेर सहयोग गर्न घरमै गएको तारादेवी सुनारले बताईन।

उनलेे पर्वत जिल्ला रानीपानी गाविस वडा नं. ६ निवासी ४३ बर्षिय बलबहादुर परियार र ४१ बर्षिय कौशिला परियारका अपांग तीन छोरीहरुलाई १५ हजार नगद र ५ हजार बराबरको जिन्सी सहयोग गरेको बताईन ।

परियार परिवारका पाँच अपांग छोरीहरु मध्ये दुई छोरीहरूको निधन भईसकेको छ भने बाँकी रहेका उनिहरु पनि बिस्तारा बाट उठ्न नसक्ने छन् ।

आफूहरु पर्वत तिरबाट जाँदा निकै दुख पाएको बताउँदै स्याङ्जाको वालिङ, पोखरा चौर हुँदै गएमा सजिलोसँग सहयोगदाताहरु पुग्न सक्ने उनले बताइन् ।

पोखरा नयाँबजारस्थित विश्वकर्मा मेटल एण्ड ईन्जिनियरिङ वर्क्सका प्रोप्राईटर रनबहादुर बिश्वकर्माकि २० बर्षिया छोरी अनिता विश्वकर्माको २०७१ जेठ १७ गतेका दिन असामायिक निधन भएको थियो । उनी कान्तिपुर डेन्टल कलेजमा तेस्रो बर्षमा अध्ययनरत थिईन ।