जेसीज वीकइण्ड जेष्ठ २१ देखि सुरु


पोखरा । जेसीआई पोखराले जेष्ठ २१ गतेदेखि तीन दिनसम्म जेसीज वीकइण्ड २०१६ कार्यक्रम गर्ने भएको छ ।

पहिलो दिन प्रबेशिका परिक्षा दिएकालाई एचिभ योर गोल शिर्षकमा परामर्श तथा उत्प्रेरणात्मक, दोस्रो दिन निशुल्क दन्त शिबिर तथा स्वास्थ्य परिक्षण र अन्तिम दिन बृक्षारोपण कार्यक्रम गरि समापन गरिने कार्यक्रम संयोजक सुवास सुबेदीले बताए ।

उत्कृष्टताको लागि प्रभावकारी नेतृत्व भन्ने प्रकरणका साथमा बर्ष २०१६ लाई विभिन्न प्रकृतिका कार्यक्रम गरि मनाउन लागेको हो।

सन् १९१० मा अमेरीकाको सेन्ट लुईस शहरमा हेनरी जिसेनबियरले स्थापना गरेको जेसीज पोखरामा सन् १९७५ देखि सकृय छ ।

१८ देखि ४० बर्षसम्मका युवाहरूलाई तालीम तथा अभ्यासको माध्यमबाट नेतृत्व र ब्यक्तित्व बिकासमा महत्त्वपूर्ण कार्य गर्दै आएको यस संस्थाको १२० देशमा २ लाख भन्दा बढी सदस्य छन् ।