रियलले च्याम्पियन्स लिग जिते, प्रत्येक खेलाडीले ७ करोड रुपैयाँ बोनस पाउँने


च्याम्पियन्स लिग जितेमा रियल मड्रिडका प्रत्येक खेलाडीले जनही ६ लाख युरो अर्थात ७ करोड रुपैयाँ बोनस पाउने भएका छन्।  च्याम्पियन्स लिग जितेपछि क्लबले यूइएफए सुपर कप र फिफा क्लब वल्र्ड क्लब खेल्ने मौका पाउनेछ । यसबाट क्लबले झण्डै १२० मिलियन पुरो पाउनेछ ।

यदि रियल मड्रिडले ११ औं उपाधि जितेमा सहभागी खेलाडीहरुले जनही ७ करोड रुपैयाँ बोनस पाउनेछन् । पहिलो टिमका सबै खेलाडीले यो रकम पाउनेछन्, उनीहरुले जति सुकै खेल खेलेको भएपनि ।

क्लबका अध्यक्ष र प्रमुख खेलाडीहरु रोनाल्डो, सर्जिओ रामोस, मार्सेलो र पेपेबीच बोनसबारे समझदारी भएको मार्काले जनाएको छ । च्याम्पियन्स लिग फुटबलको उपाधि लागि शनिबार राति मिलानमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दैछन् ।