जनसम्पर्क समितिले गर्यो राजदुत भट्टको बिदाइ


कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टको एक कार्यक्रम बीच बिदाइ कार्यक्रम गरेको छ । राजदुत भट्ट आफ्नो चारवर्षे कार्यकाल सकाएर नेपाल फर्कंदै छन् ।

बिदाइ कार्यक्रममा बोल्दै जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य ( नवीन )ले राजदुत भट्टले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै वहांको कार्यकाल सफल रहेको बताए । साथै आचार्यले वहांको नेपालको आगामी बसाइ सुखद र फलदायी रहोस भन्ने कामना पनि गरे । अध्यक्ष आचार्यले राजदुत भट्टलाइ सम्झना स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

Screen Shot 2016-05-25 at 17.31.53

सोहि कार्यक्रममा बिदाइ भएर जान लागेका राजदुत मुक्तिनाथ भट्टले आफनो कार्यकाल समग्रमा सफल रहेको र कार्यकाल अवधीभर नेपाली समुदाय साथै सबै संघ संस्थाले पूर्ण रुपमा सहयोग गरेकोले सबैलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

सांसद डिना उपाध्यायको डेनमार्क भ्रमणको अवसर पारेर भएको सो बिदाइ कार्यक्रममा सांसद उपाध्यायले वहाँलाइ नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउंदै वहाँको अनुभव नेपालले लिन सक्ने कुरामा जोड दिएकी थिइन । आवश्यक परेको खण्डमा आंफुले त्यसमा सहयोग गर्ने पनि बताइन ।

बिदाइ कार्यक्रममा प्रवासी नेपाली मंच डेनमार्कका अध्यक्ष कृष्ण प्रसाद पौडेल, जनप्रगतिशील मंच डेनमार्कका पुर्वअध्यक्ष उदय राजा गौतम,जनसम्पर्क समितिका पुर्व अध्यक्ष रामचन्द्र पाठक, एन आर एन आइ सी सी सदस्यहरु प्रवीन प्रजापती तथा सोमनाथ सापकोटा,पुर्व आइ सी. सी. सदस्य सुर्य प्रकाश खनाल लगायत सबैले राजदुत तथा राजदुत पत्नी श्रीमती भीमा भट्टको बिदाइ गर्दै आगामी दिन सुखमय रहोस भन्ने कामना गरेका थिए ।

जनसम्पर्क समिति सदस्य संदेश श्रेष्ठको पनि बिदाइ

यसैगरी सोहि अवसरमा जनसम्पर्क समिति सदस्य संदेश श्रेष्ठको पनि बिदाइ गरिएको थियो । डेनमार्कको बसाइ सकेर नेपाल फर्कन लागेका श्रेष्ठ जनसम्पर्क समितिका कार्यकारी सदस्य हुन् । उनी निकै सक्रिय रुपमा जनसम्पर्कका कार्यक्रमहरुमा सहभागी हुने गरेका थिए । सबैको लागि सहयोगी भावना भएका श्रेष्ठ जनसम्पर्कले आयोजना गर्ने कार्यक्रमहरुमा सक्रिय पुर्वक आफनो भूमिका निभाउने गरेका थिए । सो कार्यक्रममा सहभागी राजदुत भट्ट, सांसद उपाध्याय लगायत सबैले उनको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

Screen Shot 2016-05-25 at 17.31.26

सो अवसरमा बिदाइ भएका श्रेष्ठले आँफु नेपाल फर्के पनि यहाँका साथिभाइको माया कहिल्यै नबिर्सने र भविष्यमा नेपालमा अवश्य भेट हुने बताए ।