सांसद डिना उपाध्याय संग जनसम्पर्कको अन्तरक्रिया ।


कोपनहेगन । व्यवस्थापिका संसदका सदस्य तथा सांसद डिना उपाध्याय हालै डेनमार्क भ्रमणको अवसरमा जनसम्पर्क समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘वर्तमान सन्दर्भमा संविधान कार्यान्वयनको चुनौती विषयक’ कार्यक्रममा बोल्दै सांसद डिना उपाध्यायले प्रमुख दल प्रतिपक्षमा रहेको सन्दर्भमा संविधान कार्यान्वयनमा कठिन हुने बताएकी छन् । कार्यक्रममा बोल्दै उनले एमाले, माओवादी लगायत सबै दल मिलेर कांग्रेसलाइ पेलेर जान खोजेको र मधेशको समस्या समाधानमा कुनै चासो नदेखाएको आरोप समेत लगाएकी छन् ।

Screen Shot 2016-05-25 at 16.54.56

सरकार परिवर्तनको तर्फ संकेत गर्दै उनले कांग्रेसले सरकार परिवर्तन गर्न चाहेको समेत बताइन, संविधानको पालना र अब आवश्यक कानुन निर्माणको लागि पनि कांग्रेस सरकारमा हुनु आवश्यक रहेको पनि उनले बताइन ।

सोहि कार्यक्रममा डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टले सुझाव स्वरुप आफना कुराहरु राखेका थिए । सुझाव राख्दै उनले सत्ता भित्र र बाहिर रहंदा पार्टीहरुको चरित्र फरक रहने गरेको उनले बताएका थिए ।

कार्यक्रममा जनसम्पर्क समितिका सभापति नवराज आचार्य (नवीन)ले सांसद उपाध्यायलाइ स्वागत गर्दै बेला बेलामा जनसम्पर्क समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने गरेको बताए । साथै कांग्रेस नेतृत्वलाइ अलि गम्भीर हुनको लागि संदेश पुर्याइदिन पनि उनले आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा प्रवासी नेपाली मंच डेनमार्कका अध्यक्ष कृष्ण प्रसाद पौडेल, जनप्रगतिशील मंच डेनमार्कका पुर्वअध्यक्ष उदय राजा गौतम, जनसम्पर्क समितिका पुर्व अध्यक्ष रामचन्द्र पाठक, एन आर एन आइ सी सी सदस्यहरु प्रवीन प्रजापती तथा सोमनाथ सापकोटा, पुर्व आइ सी. सी. सदस्य सुर्य प्रकाश खनाल, पत्रकारहरु प्रकाश ढकाल, प्रकाश सापकोटा, जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष दिपक राज रिजाल, एवं तारिणी प्रसाद जोशी, महामन्त्री बुद्धि सापकोटा, सदस्यहरु यादव बस्नेत, दिपक बस्नेत, विनय खतिवडा, कृष्ण गिरि, रमेश घिमिरे, शैलु अधिकारी लगायतले सांसद उपाध्याय समक्ष आ-आफना जिज्ञासाहरु राखेका थिए ।  जिज्ञासाको जवाफ उपाध्यायले सबैलाई दिएको थिइन ।