नेपालीनेपाली डटकमको,संघ सँस्थाहरुसँग छलफल,शुभकामाना रेकर्ड सम्पन्न


बार्सिलोना/ नेपालीनेपाली डटकमले दोस्रो बार्षिकोत्सव कार्यक्रम सफल बनाउँनका लागि स्पेन स्थित संघ संस्थाहरुसँग छलफल गरेको छ। मिडियाले सोमबार एनआरएन लगायत स्पेन स्थित राजनीतिक,जातीय,क्षेत्रीय लगायत सबै संघ संस्थाका प्रतिनिधिहरु बीच छलफल गरेको हो। प्रतिनिधिहरुले मिडियाको मात्र कार्यक्रम नभई स्पेनबासी नेपाली समुदायको कार्यक्रम रहेको भन्दै कार्यक्रम सफल पार्न सुझाव तथा सल्लाहहरु प्रस्तुत गरेका थिए।

छलफल कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,निबर्तमान सदस्य दिपक खरेल,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, महासचिव उमेश अधिकारी लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। मिडियाले औपचारिक निमन्त्रणा पत्र समेत सो अबसरमा बितरण गरेको थियो।

संघ- संस्थाहरुको शुभकामना सन्देश,

स्पेन स्थित संघ संस्थाहरुले बिगतमा जस्तै यसपटक पनि शुभकामाना सन्देश रेकर्ड गराएका छन्। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निबर्तमान सदस्य दीपक खरेल, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,तमु समाज स्पेनकी अध्यक्ष ज्योती गुरुङ, स्याङ्जा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङ,कास्की सेबा समाजका अध्यक्ष दिल नाथ भण्डारीले शुभकामना सन्देश रेकर्ड गराएका छन्।

यस्तै नेपाली पाठशाला संयोजक सरला सापकोटा,अन्तराष्ट्रिय कलाकार समाज स्पेन (ईनास) का उपाध्यक्ष संजय बिक्रम शाह,गल्कोट समाज स्पेनका महासचिव हिरालाल सापकोटा डायमण्ड, पुर्बेली नेपाली एकता समाज स्पेनका महासचिव रन्जन वस्ती,एनआरएन महिला फोरम संयोजक सीता सिंह लगायतले शुभकामाना सन्देश रेकर्ड गराएका छन्। रेकर्ड भएका सन्देशहरुलाई आगामी जुलाई ११ को मूल समारोह बीच नेपालीनेपाली डटकमले प्रस्तुत गर्दै छ। समय अभावले उपस्थित हुन नसकेका संघ संस्थाका प्रतिनिधिहरुको सन्देशलाई पनि छिट्टै समेटिने मिडियाले जनाएको छ।

यस बर्ष देखि पाठक प्रतिक्रिया पनि

नेपालीनेपाली डटकमले यस बर्ष देखि बार्षिकोत्सव समारोहका लागि पाठक प्रतिक्रिया सेगमेन्ट सुरु गर्ने भएको छ। देश तथा विदेशबाट लिईने प्रतिक्रियाको लागि स्पेनका नेपालीहरुले पनि आफ्नो प्रतिक्रिया दिएका छन्। प्रशंसा आलोचना,सुझाव जस्तो सुकै प्रतिक्रिया आए पनि जस्ताको तस्तै मूल समारोहमा प्रस्तुत गरिने भएको छ।

स्पेनबासी नेपालीहरुको तर्फबाट राजु शम्मशेर थापा, सन्दिप मोहोन भट्टराई,शितल भुर्तेल भुसाल,दावा ऋषि श्रेष्ठ,राम प्रसाद सापकोटा “बिराज”, बल बहादुर कार्की,हेम पाण्डे,मुकेश क्षेत्री लगायतले प्रतिक्रिया दिएका छन्। युरोपका अन्य देशहरुबाट पनि नेपालीनेपाली डटकमले पाठक प्रतिक्रिया लिने भएको छ।

स्वागत तथा सत्कारका लागि महिला फोरुम

स्वागत तथा सत्कारको जिम्मेबारी लिदै एनआरएनए महिला फोरम स्पेनले नेपालीनेपाली डटकमलाई सघाउँने भएको छ। संयोजक सिता सिंहले जिम्मेबारी लिदै यसका लागि एक उपसमिति निर्माण गर्ने भएकी छन्।

बैठकमा उपस्थित ज्योती गुरुङ,शितल भुर्तेल भुसाल,सरला सापकोटा लगायत अन्य थप दिदीबहिनीहरुलाई समेत समेटेर समिति निर्माण गरिने भएको छ। अतिथि सत्कार,मञ्च सजावट,लगायतको महत्वपूर्ण जिम्मेबारी यसै उपसमितिले गर्ने भएको छ। उपसमितिले पूर्णता पाए पछि पुन: जिम्मेबारी बाँडफाँड गरिने भएको छ।