सपनाको पहाड


 -हेमराज बाँस्तोला 

फिरन्ते हो कवि
जोतेर बारी
खनेर कोदाली
गर्दै उकाली ओराली
भञ्ज्याङ् र चौतारी
रोजेर एउटा
खोजेर खुसी
रोपेर संसार
चढेर माथी
सपनाको पहाड

सोधेर हेर
आंधिलाइ उत्तर
फिरन्ते बादल
उडेछ निश्चल
यात्रा आकशको
शुन्यतामा
रोजेर एउटा
खोजेर खुसी
रोपेर संसार
चढेर माथी
सपनाको पहाड

केलाउदै बिपना
उभिएर हेर्छ
गोरेटो गाउँको
तौलेर खुशी
आगाडी आँखा
पोखिएर मन
रोजेर एउटा
खोजेर खुसी
रोपेर संसार
चढेर माथी
सपनाको पहाड

पिडाको भारी
बिसाउन हो कि
मनको आंधी
सुसाउन हो कि
डुलिरहेछ जीवन
बादलहरुको
गुच्छा बनी
रोजेर एउटा
खोजेर खुसी
रोपेर संसार
चढेर माथी
सपनाको पहाड