आइ बोस ग्लोबलको कतारमा बिजनेस सेमिनार सम्पन्न


रुद्र शर्मा दोहा,

दोहाको सालिमार प्यालेसको प्रांगणमा आइबोस ग्लोबल कतारले आयोजना गरेको बिजनेस सेमिनार तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएकोछ ।

कार्यक्रममा प्रमुख अतिथि राज कुमार दंगालले कम्पनीको बारेमा प्रकाश पारेका थिए । यस कम्पनीको स्थापना आज भन्दा करिब ५ वर्ष पहिले थाइल्याण्डमा भएको थियो ।आइबोस ग्लोबल बिधुतिय बजार प्रणालीमा स्वास्थ्य तथा सौन्दर्य सम्बन्धि विश्वस्थरीय उत्पादनको प्रत्यक्ष बिक्रि प्रणाली मार्फत बिक्रि वितरण गर्ने उदेश्य राखी स्थापना भएको बिसुद्ध डाइरेक्ट सेलिँङ कम्पनि हो ।

नेपाल बाट पाल्नु भएकी नब नायिका सुरजनी के सी, आईबोस ग्लोबल कतारका प्रमूख नेत्र न्यौपाने र रमेश तिवारी थिए । कार्यक्रममा यस कम्पनीमा आबद व्यक्ति लगाएत यस कम्पनी प्रति रुचि राख्ने ब्यक्तीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस कम्पनीको प्रबन्धक तथा संचालक नेपाली नागरिक हब खडका डाइरेक सेल्स उधोगको अन्तरास्ट्रिय अवार्ड पाउन सफल एक एकमात्र नेपाली व्यवसायी पनि हुन् ।

यस कम्पनीको मुख्य कार्यालय अमेरिकाको क्यालीफोर्निया राज्यमा छ भने अहिले यो कम्पनि कतार, मलेसिया, दुबई, भारत, म्यान्मार, लावोस, ओमन लगाएत विश्वका अन्य १४ रास्ट्रहरुमा सञ्चालित छ ।

कतारमा यस कम्पनीको बजार भर्खरै मात्र विस्तार भएको हुदा यस कम्पनि प्रति मेहनत इमान्दार र परिश्रमीका साथ लागि पर्ने व्यक्ति नेत्र न्यौपाने लाइ कतार प्रमूखको रुपमा यसै कार्यक्रम मार्फत घोषणा पनि गरेको छ ।