नेपाल घुम्नलाई उचित रहेको, स्विडेनबासी नेपालीहरुको सन्देश


बार्सिलोना/ नेपाल पर्यटन प्रबद्दन सम्बन्धी बिशेष कार्यक्रम स्विडेनमा सम्पन्न भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विडेनको आयोजनामा राजधानी स्टकहोल्ममा शनिबार कार्यक्रम सम्पन्न भएको हो।

बुद्द जयन्तिको अवसरमा आयोजित कार्यक्रममा दिप प्रज्वलन समेत गरिएको थियो। स्वीडेनबासी नेपालीहरुले नेपालको पर्यटन प्रबद्दनका लागि बिभिन्न ब्यानर तथा पम्लेटहरु लिएर शहर परिक्रमा गर्दै नेपाल घुम्नका लागि उचित गन्तब्य भएको सन्देश दिएका थिए।13148344_958354187594069_1805503534_oनेपाल पर्यटन बोर्डका लागि डेनमार्कका मानार्थ प्रतिनिधि सोम सापकोटाले प्रमुख अतिथिको रुपमा बोल्दै नेपालको पर्यटन बिकासका लागि नर्डिक देशहरुले खेलेको र खेल्नु पर्ने भूमिकाका बारे चर्चा गरे। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका सापकोटाले नेपाल भ्रमणका लागि सुरक्षित रहेको भन्दै, विना ब्यबधान नेपाल भ्रमण गर्न सक्ने कुरामा जोड दिए।

एनआरएनए स्वीडेनका अध्यक्ष चिरन्जिबी खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डेनमार्क, नर्वे, र फिनल्याण्डका एनआरएन प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।13170765_958354420927379_1050684832_o13148224_958354940927327_1420489998_o