बेल्जियममा कस्केलीको भेला सम्पन्न, कास्की आदर्श समाज गठन हुँदै


ब्रुज/ कास्की जिल्ला घर भई बेल्जियममा बसोबास गर्दै आएका कस्केलीहरुको भेला सम्पन्न भएको छ। कास्की आदर्श समाज बेल्जियम गठन गर्ने उदेश्य अनुरुप भेला सम्पन्न भएको हो। आगामी ३ महिना भित्र बिभिन्न क्षेत्रमा भेला गर्ने र बिधान निर्माण गरी ६ महिना भित्र साधारण सभा गर्ने गरी पूर्ण तिमील्सिनाको संयोजकत्वमा एक समिती गठन भएको छ।

समितिका सदस्यहरुमा लुभेनबाट यसोधा थापा, होम गुरुङ, रामप्रसाद ढुंगाना, बिनोदमोहन पौडेल, जनक सुबेदी र बिष्णु तिवारी, आन्त्रोपेनबाट रमाकान्त(राज)अधिकारी र मदन गुरुङ, गेन्टबाट हरी भट्टराई, कृष्ण पराजुली र सन्तोष नेपाली, ब्रुजबाट मिन गुरुङ र जीबन शर्मा, ब्रसेल्सबाट पुष्प भण्डारी, वोस्टेन्डेबाट मीना गुरुङ र सिध्धी पहारी एबम सेन्त्रादुन क्षेत्रबाट मिन गुरुङ रहेका छन् ।

जेष्ठ नागरिक हरी खनालको अध्यक्षतामा सम्पन्न भेलाले आवश्यकता अनुसार समितिमा अन्य सदस्य पनि थप गर्न सक्ने निर्णय गरेको छ। भेलामा उपस्थित कस्केलीहरुले समाजलाई स्वच्छ र उच्च राख्न भातृत्वको बिकासमा जोड दिनु पर्ने राय राखेका थिए।

कास्की जिल्लाको समग्र बिकासमा योगदान पुर्याउने उदेश्य सहित समाज गठन गर्ने बारे भेलामा बृहत छलफल भएको थियो। यसैबीच सफलताको शुभकामाना सहित बेल्जियमका कस्केलीहरुको लागि, कास्की आदर्श समाज कतार्, पोर्तुगल र स्पेनले शुभकामना सन्देशहरु पठाएका थिए।