एनआरएनए स्पेनको नियमित बैठकले गरेका निर्णयहरु


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको मे महिनाको नियमित बैठक संघका अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ज्यु को अध्यक्षतामा संघकै कार्यालयमा यहि मिति ०२-०५-२०१६ तारीख का दिन सम्पन्न भयो । साँझ ५ बजे सुरु भएको उक्त बैठकले निम्न प्रस्त्ताब उपर छलफल गर्दै निर्णय द्वारा पारित गर्यो ।

१) संघले स्पेनमा बसोबास गरेका सम्पूर्ण नेपाली हरुको तथ्यांक संकलन गर्ने उदेश्यले ल्याएको कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न को लागी स्पेन स्थित सम्पूर्ण संघ संस्था हरुको सहयोगमा सल्लाह सुझाब ग्रहण गर्दै सम्पूर्ण संघ संस्था हरुलाई तथ्यांक संकलन सम्बन्धि अभिमुखीकरण कार्यक्रम को यथासक्य चाडो संचालन गर्ने निर्णय गरियो ।

२) स्पेनको कोस्ताब्लानका क्षेत्रमा बसोबास गर्ने नेपाली हरुको संगठन नेपाल स्पेन समाज ले त्यस क्षेत्रको लागी गैर आवासीय नेपाली संघ स्पेन संग सह कार्य गर्दै संघ को योजना तथा उदेश्य अनुरुप काम गर्न इच्छुक रहेको कारण ०२-०५-२०१६ देखि कोस्ताब्लानका क्षेत्रमा एन आर एन ए स्पेनका गतिबिधि हरुको संचालन नेपाल स्पेन समाज मार्फत गर्नुका साथै नेपाल स्पेन समाज कोस्ताब्लानका लाइ हार्दिक धन्यबाद ब्यक्त गर्दै संघको आमन्त्रित सदस्यको रुपमा राखीने निर्णय गरियो ।

३) नेपालका ख्याती प्राप्त हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य को साथमा स्पेनमा आउनुभएका कलाकार हरुको टोलि लाइ एन आर एन स्पेनले स्वागत तथा रात्रिभोज को आयोजना गर्दै उपस्थ्ति हुनको लागि संघका साथीहरु लगायत अन्य साथी हरुलाई अब्व्हान गरे अनुरुप गरिएको कार्यक्रम बाट ९९ यूरो बचत हुन आएको कुरा संयोजक श्री राम प्रसाद सापकोटा बिराज ले जानकारी गराउनु भयो भने एन आर एन को उक्त बैठक ले संयोजक का साथै रात्रिभोज संचालन गरेको हिमाली रेस्टुरेन्ट परिवार लाइ हार्दिक धन्यबाद ब्यक्त गर्यो ।

४) संघका गठित विभिन्न समिति तथा उप समिति हरु तदारुकताका साथ सक्रियता बढाउँन निर्देशन दिदै अनुशाशन तथा मुल्यांकन समितिको प्रतिबेदन अनुमोदन गरियो ।

५) बिबिध शिर्षक उपर छलफल गर्दै यूरोप स्तरिय नेपाली फुटबल खेलको अभ्यास छनोट तथा खेलाडी हरुलाई सहयोग पुर्याउन अनुमति सहितको निर्णय गर्दै नियमित बैठक सम्पन्न भयो ।

उमेश अधिकारी
महासचिब
एन अर एन ए स्पेन