रियल म्याड्रिड फाईनलमा,सन् २००० पछि बार्सिलोनाको रेकर्डसँग बराबरी


म्याड्रिड /रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएका लिगको दोस्रो लेगमा म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले हराउँदै रियल म्याड्रिड फाइनल प्रवेश गरेको हो। यो सँगै सर्बाधिक १४ औ पटक फाईनल पुग्ने म्याड्रिड नै पहिलो क्लब हो। यस पछि एसीमिलान ११ र बायन म्युनिख १० पटक फाईनलमा पुग्न सफल क्लबहरु हुन्।

लिगको पहिलो लेगमा यी दुई टोली गोल रहित बराबरीमा रोकिएको थियो । समग्र गोल अन्तरमा रियल म्याड्रिडले सिटीलाई १-० को गोल अन्तरले पराजित गरेपछि  फाइनल यात्रा तय गरेको हो । जितसँगै म्याड्रिड उपाधि नजिक पुगेको छ ।

रियल म्याड्रिडको घरेलु मैदान सान्टियागोको बेर्नाबेउमा भएको खेलमा ग्यारेथ बलको क्रसमा फर्नाडिन्होको खुट्टा हुँदै सिटीको पोष्टमा छिर्यो। बेलको प्रहार गरेको बल भए पनि फर्नाडिन्होको टजमा छिरेकोले सिटिका लागि आत्मघाती गोल हुन पुग्यो।

अब उपाधिका लागि रियल म्याड्रिडले घरेलु चिरप्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

 सन् २००० यता बार्सिलोनाको रेकर्डसँग बराबरी

१० पटक सम्म च्याम्पियन्स बनेको रियल म्याड्रिडले सन् २००० यता मात्र ४ पटक फाईनल खेल्ने बार्सिलोनाको रेकर्ड सँग बराबरी गरेको छ। बार्सिलोनाले सन् २००६,२००९,२०११ र २०१५ मा फाईनल खेलेको थियो। यस्तै रियल पनि सन् २०००, २००२,२०१४,२०१६ मा गरी ४ पटक फाईनलमा पुगेको छ।

सन् २००० यता बार्सिलोनाले ४ पटक नै फाईनल जितेको छ,यदी रियल पनि २८ मे मा हुने फाईनल जितेका सन् २००० यता मात्र ४ पटक नै फाईनल जित्ने दाउमा छ ,त्यसो त उपाधि जितेमा ११ औ पटकको उपाधि रियलको पोल्टामा जाने छ।
लगातार तेस्रो पटक ट्रफी स्पेनमा नै

च्याम्पियन्स लिगको ट्रफ्री लगातार तेस्रो पटक स्पेनमा नै भित्रने भएको छ। सन् २०१४ मा रियलले र २०१५ मा बार्सिलोनाले उपाधि जितेको थियो। सन् २०१६ मा पनि रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड मध्ये एकले जित्ने निश्चित भएपछि उपाधि स्पेनमा नै सुरक्षित भएको हो।

त्यसो  त सन् १९०० को शदाब्धिमा लगातार ५ पटक सम्म स्पेनमा नै भित्रेको थियो। सन् १९५६ देखि १९६० सम्म रियलले लगातार उपाधि जित्दै कीर्तिमानी जित हासिल गरेको थियो।