मीरा राईलाई लण्डनमा ३५ लाख नगदसहित सम्मान


लण्डन । छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको यात्रा तय गरेकी मीरा राईलाई लण्डनमा सम्मान गरिएको छ । केन्ट फोक्सटनस्थित ग्रामर स्कूलको सभाहलमा नेपाली युवा समूह, बेलायत, सगरमाथा तेक्वान्दो डोजाङ, किरात राई यायोक्खा, भोजपुर समाज युके र जेन मार्सल आर्ट लगायतका संस्थाले राईलाई सम्मान गरेका हुन् ।

मीराले प्राप्त गरेको सफलतामा बधाई दिँदै संस्थाहरुले उनलाई प्रोत्साहनस्वरुप ३५ लाख रुपैयाँ नगदसहित सम्मान गरेका हुन् । बिश्व च्याम्पिन बन्ने लक्ष्य लिएकी मीराले अल्ट्रा सिरिज २०१६ लण्डनबाट सुरु गरेकी छिन् । उनले गत ३० अपि्रलमा बेलायतमा ३७ किलोमिटरको दौडमा दोस्रो स्थान हाँसिल गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया