नेताको बहकाउमा नलागौ,”आफ्नो चुल्हो आँफै बाल्ने हो,आफ्नो दुख आँफै भोग्ने हो।”


वसन्त रानाभाट,
बार्सिलोना
युरोप यात्रामा रहेका महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले सबै नेपालीहरु बीच एकताको सन्देश दिदै प्रबासका नेपालीहरु माँझ पुगिरहेका छन्। आफ्नो मह प्रहसनबाट मात्र नभई नेपालीहरु बीच आफ्ना बिचार समेत राख्दै मिल्नु र जुट्नुको बिकल्प नभएको दोर्हाईरहेका छन्।

नेताको बहकाउमा नलागौ,आफ्नो  चुल्हो आ-आँफूले नै बाल्ने हो,कसैले बाल्दिदैनन् ,आफ्नो दुख आँफै भोग्ने हो,नेताहरुले भोग्दिदैनन् भन्दै सबै नेपालीहरुलाई महजोडीले जुट्न प्रेरित गरेका छन्। महजात्रा कै क्रममा स्पेनमा दुई ठाउँहरुमा छुट्टा छुट्टै कार्यक्रम गरेका महजोडीले स्पेनको बेनिड्रममा प्रहसन पछि खुलेर आफ्नो बिचार समेत ब्यक्त गरेका हुन्। नेपाल स्पेन समाजले आयोजना गरेको कार्यक्रम सकिए पछि यहाँको नेपाली समुदायलाई सम्बोधन गर्दै महजोडीले आफ्नो बिचार प्रस्तुत गरेका थिए।

देशमा धुलो,धुवा छ तर मन पर्छ, ति सबै हाम्रै हुन्

यो बेला अझ बढी नेपाललाई माया गर्ने बेला रहेको बताउँदै कलाकार हरिबंश आचार्यले भने,”हुन न त हाम्रो देशमा धुलो छ,धुवा छ तर धुलो पनि मन पर्छ,धुवा पनि मन पर्छ, ति सबै हाम्रै हुन्। पहिले सबैले देशलाई माया गरौ।” कलाकार आचार्यले देशमा नमिलाउँने,फुटाउँने लडाउँने पक्षहरु सक्रिय रहेको पनि बताएँ।

उनले भने, “हामी फुट्यौ भने देखि सधैका लागि दुख पाउँछौ,त्यसैले अब सधैका लागि सुख पाउँने काम गरौ। त्यसमा तपाईहरुको आबाज जरुरी छ।” विदेशमा रहेका नेपालीहरुको कारण नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउँन सहयोग मिलिरहेकोमा खुशी समेत ब्यक्त गरे।

नेपाली कला र संस्कृतिलाई बिश्वका कुना काप्चामा पुर्याउँन सकिएको बारे इंकित गर्दै आचार्यले भने,” तपाईहरु आउँनु भयो र पो हामी पनि आउँन पायौ। नत्र स्पेन भनेको के थाहा, अमेरिका भनेको के थाहा ? लन्डन के थाहा ? नेपालीहरु बिदेशीन्छन् भन्छन् तर जति नेपाली बिदेशमा आएका छन्,कहिँ न कहिँ नेपाललाई फाईदा नै भएको छ।हाम्रो सानो कुरा पनि अन्तराष्ट्रिय रुपमा स्थान पाउँछ।”

नेपालबाट झिंगा मात्र आयो भने पनि विदेशमा माया हुँदो रहेछ

विदेशमा रहेका नेपालीहरुलाई नेपाल प्रतिको माया धेरै हुने गरेको भन्दै कलाकार हरिबंश आचार्यले भने, विदेशमा नेपालबाट झिंगा मात्र आयो भने पनि माया हुँदो रहेछ। हामी त तपाईहरुकै दाजुभाई तर हामीलाई हैन तपाईले नेपाललाई माया गर्नु भएको हो। किनकी हामी नेपाल कै मान्छे हौ। हामीहरु तपाईका भक्त,तपाईहरुले बोलाउनु भयो र आयौ।”

“तपाई अहिले यति सुन्दर ठाउँमा बस्नु भएको छ, जुन ठाउँमा अबसर पाईन्छ त्यहाँ मान्छे जान्छ त्यो स्बतन्त्रता पनि हो तर अझ संसारकै सुन्दर ठाउँ बिश्वको सर्बोच्च शिखर सगरमाथा भएको देश नेपाल नै हो, यसलाई सबैभन्दा बढी माया गर्नु होला” उनले भने।

तपाई सबै जना राजदुत नै हो

बोल्ने क्रममा कलाकार आचार्यले स्पेनका नेपालीहरुले राखेको समस्यालाई पनि छुटाएनन्। अनौठौ शैलीमा उनले भने,”यहाँ त राजदुताबास छैन भन्ने सुनेको छु तर देशमा सानो कुरा भए पनि आबाज उठाउँनुहुन्छ, हामी हेपियौ भने विदेशबाट खबरदारी गर्नु हुन्छ ,तपाई सबै जना राजदुत हुनुहुन्छ।”

स्बतन्त्र रुपमा आफ्नो हिसाबले,केहिँ पनि फाईल नलिईकन विदेशबाट नेपालीहरुले गरेको सहयोग बारे उनले राजदुतको रुपमा व्याख्या गरेका हुन्। राजदुतबारे बोलिरहँदा आचार्यले यसो पनि भने,” तलब खाएर कोहिँ मान्छे आउँछ राम्रोसँग देशका लागि काम गर्दैन भने त्यो राजदुत होईन, तर सबै त्यस्ता भने छैनन्।धेरै राम्रा राजदुतहरु पनि छन्।”

“यति भन्दै दुई शब्द अन्त्य गर्छु” भन्दै मदन बोल्न सुरु :-

हरिबंश आचार्यले बोलिसके पछि कार्यक्रम संचालक प्रकाश तिवारीले कलाकार मदनकृष्ण श्रेष्ठलाई बोल्न आग्रह गरे। तर सुरुवात मै कलाकार श्रेष्ठले भने,” यति भन्दै मेरा दुई शब्द यहिँ अन्त्य गर्न चाहन्छु।” एकै छिन माहोल हाँसोमा मिस्सियो। केहिँ शब्द नबोली मदनले एउटा गीत सुनाए।

खोला वारी खोला पारी पिपलु र बर 
हावा चल्यो पात हल्यो माया वर वर 
हावा चल्यो पात हल्यो माया वर वर।

“त्यहिँ माया वरवर भएकाले यहाँ सम्म आई पुगियो। यहाँहरु सँग स्पेनमा आएर माया वरवर गर्न पायौ।  धेरै आनन्द लागेको छ। युरोप भरको माया बटुलेर काठमाडौ जाने छौ। यहाँहरु सबै मिलेर बस्नु भएको देखेर कस्तो खुशी लाग्यो। मिलेर बस्नु पर्छ भन्ने सन्देश बोकेर नै हामी ठाउँ ठाउँमा हिडिरहेका छौ।” उनले थपे।

सबैलाई मिलाउँन सक्छ भने सबैको साँझा नेता

कलाकार श्रेष्ठले सबैलाई मिलाउँन सक्ने नेता मात्र, देशको साँझा नेता हुने बिचार ब्यक्त गरे। नेपालमा आ- आफ्नो स्वार्थ सोच्ने नेताहरु भएको प्रति इंकित गर्दै सबै नेपालीको भलो सोच्ने नेता हुनुपर्नेमा उनले जोड दिएका हुन्।

श्रेष्ठले भने,”राजनीतिज्ञले फुटाए भने भोट पाउँछन्, भोट पाउँनका लागि, नेवार नेवार मिल्नु पर्छ,बाहुन बाहुन मिल्नु पर्छ, राई राई मिल्नु पर्छ,मधेश मधेश मिल्नु पर्छ,मधेशमा पनि भोजपुरी भोजपुरी मिल्नु पर्छ,यसरी टुक्रा टुक्रा पारेर भोट बैंक बनाउँछन्। आखिर पाउने केहिँ पनि होईन ?”

- बसन्त रानाभाट
– बसन्त रानाभाट

जसले सबैलाई मिलाउँन सक्छ उ पो नेता हो भन्दै उनले सबैको साँझा नेता भन्ने शब्द पटक पटक दोर्हाए।  श्रेष्ठले थपे,” मलाई नेवारले मात्र हेरेर पुग्छ ? हरिबंशलाई आचार्यले मात्र हेरेर पुग्छ ? पुग्दैन नि,सिङ्गै नेपालको १२५ जाती,१२३ भाषी सबैलाई आफ्नो बनाउँन सके मात्र हरिबंश भएको मदन कृष्ण भएको अर्थ लाग्छ।” सबैको मान्छे बन्न र सबैलाई आफ्नो परिबार सम्झेर नै आँफूहरु महजात्रामा हिडीरहेको बारे पनि उनले स्पष्ट पारे।

नेताको बहकाउमा नलागौ,”आफ्नो चुल्हो आँफै बाल्ने हो,आफ्नो दुख आँफै भोग्ने हो।”

पटक पटक जनतालाई आन्दोलनमा लगाएर नेताहरुले आफ्नो मात्र दुनो सोझाएको प्रति ईकित गर्दै कलाकार श्रेष्ठले नेताहरुको बहकाउमा नलाग्न आग्रह गरेका छन्। “नेताको बहकाउमा नलागौ,आफ्नो  चुल्हो आ-आँफूले नै बाल्ने हो,कसैले बाल्दिदैनन् ,आफ्नो दुख आँफै भोग्ने हो,नेताहरुले भोग्दिदैनन्।”

आखिर आन्दोलनमा धेरै कार्यकर्ताहरु लागेको तर केहि नपाएको भन्दै अब सबै नेपालीहरु मिलेर बस्नुमा नै भलो हुने उनले बताए।

स्थानीय कलाकारहरुलाई हेर्दै भने,हामी तपाईका फ्यान 

विदेशमा बस्दै गरेका वा यतै हुर्केका नेपाली बालबालिकाहरुको प्रस्तुतीलाई महजोडीले खुलेर प्रशंसा गरेका छन्। प्राय: महको कार्यक्रमहरुमा स्थानीय कलाकारहरुले पनि स्टेज बाँड्दै प्रस्तुती राखे पछि महले तारिफ गरेका हुन्।

कलाकार हरिबंश आचार्यले कलाकारहरुलाई हेर्दै भने,”यहाँका साना साना छोरीहरुले यति राम्रो नाँच्नु भयो,हामीले भित्रबाट तारिफ गर्दै थियौ। कति राम्रो कलाकारहरु, कति राम्रो प्रस्तुति राख्नु भयो ?  यो बनाबटी कुरा होईन नि,साँच्चिकै राम्रो गर्नु भएको छ।” तपाईहरु सबै हाम्रो प्यान,तर हामीहरु भने उहाँहरुको फ्यान” भन्दै उनले तारिफ गरे।

महजोडीको टिम नर्बे,फिनल्याण्ड,डेनमार्क,पोल्याण्ड, स्विडेन र स्पेनको कार्यक्रम सकेर यति बेला भने जर्मनी पुगिसकेको छ।

तपाईको प्रतिक्रिया