नेपाली कांग्रेस कास्की क्षेत्र नं.४ को शुभकामना आदानप्रदान कार्यक्रम


पोखरा । नेपाली काँग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं.४ कास्कीको आयोजना तथा नपाली काँग्रेस पोखरा–२७ र २९ ईकाईको व्यवस्थापनमा लोकतन्त्र दिवसको अवसरमा हेमजामा आयोजित चियापान एवम् शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले वर्तमान सरकारले तस्करहरुलाई संरक्षण गरेको उनको आरोप लगाएका छन् ।

नाकावन्दी खोलेपछि आपूर्ति सहज हुदा पनि अझै जनताले सहजरुपमा ग्यास र पेट्रोल पाउन नसक्नु यो सरकारले कालावजारी, तस्करहरुलाई संरक्षण गरेको प्रष्ट हुने उनको भनाई थियो।

उनले अहिले वर्तमान सरकार दिशा विहिन, ख्यालठट्टा कथाकथित राष्ट्रवादको नामाबाट लुट्ने काम गरेको आरोप लगाए।

अव काँग्रेस शशक्त प्रतिपक्षको भूमिका खेल्ने उनको भनाई थियो। सय दिन हनिमुन पिरियड हो हामी चुप लाग्यौ अर्काै सय दिन हामी महाधिवेशनमा होमियौ, त्यसैले हामी सरकारको वारेमा केहि बोलेका छैनौ उनले भने–अव हामीले शशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौ। काँग्रेसले प्रतिपक्षमा कस्तो भूमिका खेल्ने छ अव देख्नुहुने छ।

उनले पार्टीलाई संस्थागतरुपमा चलाउन सकिएन भने फेरी पार्टी विभाजन हुने बताएका छन्। प्रवृत्ति योग्यता, क्षमता र जनप्रियताको आधारमा मुल्याड्ढन नगरि एकलौटी तरिकाले चलाए पार्टी विभाजन हुने उनको भनाई थियो।

उनले १३ औ महाधिवेशनले ६० र ४० को भागवण्डा अन्त्य गरेको बताए। यो महाधिवेशन एकताको महाधिवेशन हो उनले भने–अव नेतृत्वले विभिन्न विभाग गठन गर्दा यसको र उसको मान्छे भन्दा पनि जिल्लामा प्रभाव पार्ने, योग्यता क्षमता जनप्रियता र समाजमा सम्मानित तर पार्टी ठाँउ नपाएकालाई केन्द्रित गरेर जिम्वेवारी दिएमा मात्रै विभाजन अन्त्य हुन्छ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले काँग्रेसै नेतृत्वमा लोकतन्त्र आएको बताए। नेपाली काँग्रेस कास्कीका सभपाति कृष्ण केसीले १३ औ महाधिवेशनबाट गुट उपगुट सकिएको बताए।

कार्यक्रममा एक सय भन्दा वढि विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। पोखरा–२७ र पोखरा–२९ युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जूननरसिंह केसीले पाटीको साधारण सदस्यता वितरण गरेका थिए ।

त्यसैगरि कार्यक्रममा नेपाली काँग्रेस पोखरा–२७ ईकाई समितिले लामो सम्म पार्टीमा पु¥याएको योगदनको कदर स्वरुप दोसल्ला ओढाएर सम्मान गरेको थियो। यसरी सम्मानितहुनेहरुमा प्रेमबहादुर थापा, मोतिबहादुर थापा, र अग्नीधर तिमिल्सिना रहेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति तथा सांसद यज्ञबहादुर थापा, सांसद शारदा पौडेल, काँग्रेस नेता खेमराज पौडेल, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, महासमिति सदस्य आईबहादुर गुरुङ, लोकतान्त्रीक खेलकुद महासंघका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचन, महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि राधा अधिकारी, नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव भरतबहादुर अधिकारी, सदस्य कृष्णप्रसाद तिमिल्सिना, सदस्य शंकर ढु·ाना, पब्लिक क्याम्पस प्रध्यापक संघका केन्द्रिय सचिव वेदहरी तिमिल्सिना, क्षेत्र नं.४ का उपसभापति कमलबहादुर गुरुङ, सार्दिखोल गाँउ ईकाईका सभपाति गुञ्जमान गुरुङ, पोखरा– २९ का सचिव दानबहादुर भुजेल पोखरा–२७ का सचिव मोतिराज तिमिल्सिना गंगा त्रिपाठीले बोलेका थिए।

नेपाली काँग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं.४ का सभापति पोषनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा–२७ का सभापति दानबहादुर थापाले स्वागत, पोखरा–२९ ईकाई सभापति मधुसुदन त्रिपाठीले धन्यवाद र क्षेत्रीय सचिव खिमलाल वाँस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए।