सन् २०२१ सम्म यस्तो हुनेछ, बार्सिलोनाको क्याम्प नाउ स्टेडियम


स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ नाउ क्याम्प स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक गरेका छन् । क्लबका अध्यक्षलाई प्रशिक्षक लुइज इनरिके,लिओनल मेस्सी, आन्द्रे इनिष्टासहितका खेलाडीहरुले साथ दिएका थिए ।

यो प्रोजेक्ट डिनाइन जापानी र्फमले गरेको हो, जस अनुसार ९९ हजार दर्शक क्षमतालाई बढाएर १ लाख ५ हजार बनाइनेछ । साथै रंगशालामा छाना पनि हालिने भएको छ ।

क्लबका अनुसार पुनर्निर्माणको काम २०१७ बाट सुरु हुनेछ र २०२१ मा सम्पन गर्ने लक्ष्य छ । यो ६०० मिलियन युरोको प्रोजेक्ट हो । तर, पुनर्निर्माणको काम अफसिजनमा मात्र गरिनेछ र यसले बार्सिलोनाको होम गेमहरुलाई प्रभाव पार्ने छैन ।