एनआरएनए केन्या द्वारा, पूजारीको परिवारलाई सहयोग


गैर आबासिय नेपाली संघ केन्याले एक बिशेष समारोह बिच केन्याको नैरोबी स्थित सनातन धर्म सेवा मन्दिरमा गत १४ बर्ष देखी कार्यरत पूजारी निलमणीको परिवारलाई ३३हजार रुपैयाँ सहयोग गरेको छ |

झापा भद्रपुर मुल घर भएका निलमणीको केही समय अघी असामयिक निधन भएको थियो | पूजारी निलमणीका एक श्रीमती र आठ बर्षकी एक छोरी छन | एनआरएनए केन्याका महासचिब कृष्णदत्त भट्ट का अनुसार पूजारी निलमणीले केन्याका नेपालीहरुलाई सह्योग् गर्ने गरेको र गत भुकम्पमा समेत पीडितलाई एनआरएन मार्फत सह्योग् गरेका थिए |