विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको बिजयी शुरुवात


काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

टस जितेर व्याटिङ गरेको नामिबियाले नेपालविरुद्ध ९ विकेट क्षतिमा पूरा ओभर खेलेर १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालको लागि शरद भेषावकर र बिनोद भण्डारीले ९० रनको पार्टनरसिप खेल्दै जित निकालेका हुन् ।

९९ बल सामना गरेका भेषावकरले ५० र ४९ बल खेलेका भण्डारीले ४० रन बनाए ।नेपालको लागि ओपनर ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले समान २१ रन बनाएका थिए । नरेश बुढाऐरले १६ रन बनाए ।

पहिलो इनिङमा नेपालको लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २, पारस खड्का र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए ।